Logo

ऊर्जामा भित्रियो सबैभन्दा बढी वैदेशिक लगानी, १ वर्षमा कसको कति सहयोग

ऊर्जामा भित्रियो सबैभन्दा बढी वैदेशिक लगानी, १ वर्षमा कसको कति सहयोग


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालको उर्जा क्षेत्र अन्तरराष्ट्रिय साझेदारहरुको समेत रोजाइमा पर्न थालेको छ । उर्जामा आन्तरिक लगानीकर्ताले धमाधम लगानी गरिरहँदा सो क्षेत्रमा विदेशी सहायता समेत बढेको अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको विकास सहायता प्रतिवेदनमा उल्लेख छ ।

सो प्रतिवेदन अनुसार आर्थिक बर्ष २०७२/ ७३ मा उर्जा क्षेत्रले सबैभन्दा बढी वैदेशिक भित्रिएको छ । सो अवधिमा नेपालले सबै क्षेत्रमा गरी जम्मा १ अर्व ७४ डलर सहायता भित्रिएको थियो । तर, ऊर्जा क्षेत्रले मात्र १५ करोड डलर अर्थात १५ अर्ब रुपैयाँभन्दा बढी रकम आएको छ । ऊर्जा क्षेत्रमा लगानीको सम्भावना भएको कारण बढी बैदेशिक सहयोग आएको सम्बद्ध विज्ञहरु बताउँछन् ।

त्यस्तै दातृ निकायको बढी सहयोग पाउने अन्य क्षेत्रमा स्थानीय बिकास, शिक्षा, स्वास्थ्य र वातावरण, विज्ञान तथा प्रविधि रहेका छन् । प्रतिवेदन अनुसार गत आवमा नेपालले स्थानीय विकासमा ११ करोड ९१ लाख डलर सहायता पाएको थियो भने शिक्षामा ११ करोड १५ लाख रकम सहयोग पायो । त्यसैगरी स्वास्थ्य क्षेत्रमा १० करोड ३४ लाख डलर पाउँदा वातावरण, विज्ञान तथा प्रविधिमा ५ करोड ४१ लाख डलर रकम प्राप्त गरेको प्रतिवेदनमा उल्लेख छ ।

अर्थ मन्त्रालयका अनुसार विकास साझेदार निकाय एसियाली विकास बैंक र विश्व बैंकले उर्जामा सबैभन्दा बढी लगानी गरेका छन् । यी दुई साझेदारले नेपाल—भारतको विद्युत ट्रान्सिमिसन तथा व्यापार योजनामा सहयोग पुर्याउदै आएका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL