Logo

७ बर्षपछि ब्युतियो नेपाल औषधि, जीवनजल उत्पादन शुरु

७ बर्षपछि ब्युतियो नेपाल औषधि, जीवनजल उत्पादन शुरु


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल औषधि लिमिटेडले ७ बर्षपछि पुनः औषधि उत्पादन शुरु गरेको छ । सरकारी स्वामित्वको सो कम्पनीले आइतवारदेखि औषधि उत्पादन थालेको महाप्रवन्धक रोबस सुवेदीले जानकारी दिए । ‘आजदेखि जीवनजलको उत्पादन थाल्ने छौं,’ उनले भने, ‘तीन महिनापछि सिटामोल उत्पादन गर्ने योजना छ ।’ त्यस्तै क्रमश अन्य औषधि उत्पादन गरिने उनले जानकारी दिए ।

गुड म्यानुफ्याक्चरिङ प्रोडक्सन् (जिएमपी) प्रबिधिबाट औषधि उत्पादन गर्नको लागि भौतिक संरचना निर्माण भइसकेको उनले जानकारी दिए । त्यस्तै ट्याब्लेट बनाउने मेसिन खरिदका लागि टेण्डर समेत आब्हान गरिएको छ । ‘मेसिन ल्याउनासाथ सिटामोल उत्पादन शुरु गर्ने छौं,’ सुवेदीले भने । औषधि लिमिटेडले पहिलो चरणमा सिटामोल, नेपोक्स्लीन, कफनास, अल्वेण्डाजोल, जीवनजल, एमजिट, आइरन चक्की र कफहिस्ट उत्पादन गर्ने छ ।

कम्पनीलाई पुनः उत्पादन थाल्नको लागि अर्थमन्त्रालयले केहि महिनाअघि ६ करोड ४८ लाख रुपैयाँ रकम उपलब्ध गराएको थियो । कम्पनी ७ वर्षदेखि बन्द अवस्थामा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL