Logo

कम्पनी सञ्चालनमा छैन ?, खारेज गर्न दुई बर्षको विशेष स्किम

कम्पनी सञ्चालनमा छैन ?, खारेज गर्न दुई बर्षको विशेष स्किम


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । लामो समयदेखि कम्पनी सञ्चालनमा छैन अथवा कारोबार भएको छैन भने खारेजीका लागि दुई बर्षको समय पाइने भएको छ ।

निस्क्रिय कम्पनीलाई खारेजीमा जान सजिलो होस भन्ने उद्देश्यसहित कम्पनी ऐन २०६३ मा रभएको पहिलो संसोधनको पारित विधेयकमा यस्तो व्यवस्था गरिएको हो ।

मङ्गलबार बसेको व्यवस्थापिका संसदको बैठकमा बहुमतले पारित उक्त विधेयकमा यसअघि प्रस्तावित एक बर्षको समयलाई बढाएर कम्पनीका खारेजीका लागि दुई बर्षको समय दिने विशेष व्यवस्था गरिएको छ । विधेयकमै पहिलो पटक खारेजीका लागि विशेष व्यवस्था राख्दै निस्क्रिय कम्पनीले यस्तो सुविधा पाएका हुन् ।

विधेयकले अनलाइनबाटै कम्पनी दर्ता गर्न पाउने व्यवस्थालाई पनि मान्यता दिएको छ ।

त्यस्तै निजी दुरसञ्चार कम्पनीलाई पनि दुई बर्ष भित्र अनिवार्य पब्लिक कम्पनीमा जानुपर्ने व्यवस्था पनि गरेको छ । जसअनुसार पाँच करोडभन्दा बढी चुक्ता पुँजी भएका यस्ता दुरसञ्चार कम्पनीले दुई बर्षभित्र सर्वसाधारणलाइ पनि सेयर जारी गर्नुपर्नेछ ।

बैङ्क तथा वित्तीय संस्थामा महिला सञ्चालक अनिवार्य हुनुपर्ने व्यवीथा पनि विधेकयमा छ ।

तस्वीर :स्टार्टयोरकम्पनी डट कम

प्रतिक्रिया दिनुहोस्
MBL