Logo

अन्तत तामाकोशी–३ मा जुट्यो लगानी, चीनको वीलिङ पावरको १ खर्ब २८ अर्ब लगानी

अन्तत तामाकोशी–३ मा जुट्यो लगानी, चीनको वीलिङ पावरको १ खर्ब २८ अर्ब लगानी


बिजखबर संवाददाता
81
Shares

काठमाडौं । तामाकोशी–३ जलविद्युत आयोजना निर्माणको लागि लगानी जुटेको छ । उक्त आयोजनामा चीनको वीलिङ पावर कर्पोरेशनले १ अर्ब २० करोड अमेरिकी डलर अर्थात १ खर्ब २८ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिवद्धता जाहेर गरेको हो ।

काठमाडौंमा दुई दिनसम्म चलेको लगानी सम्मेलनमार्फत सो कम्पनीले उक्त आयोजना निर्माण गर्ने प्रतिवद्धता जाहेर गरको हो । यसअघि नर्वेजियन कम्पनी एसएन पावरले बजार नभएको भन्दै तामाकोसी–३ जलविद्युत् आयोजना छाडेको थियो । त्यसपछि उक्त आयोजना अलपत्र परेको भन्दै स्थनीयले गुनासो गर्दै आएका थिए ।

केही समय अघिदेखि ६ सय ५० मेगावाटको सो आयोजना निर्माणका लागि लगानी जुटाउने प्रक्रिया अघि बढाएको थियो । वीलिङ पावरले लगानीको प्रतिवद्धता जाहेर गरेसँगै सो आयोजनाको निर्माणकार्य अघि बढ्ने भएको छ ।

वीलिङ पावरले माथिल्लो तामाकोशी–३ जलविद्युत आयोजना निर्माणको लागि प्रतिवद्धता जाहेर गरेपनि कुन मोडलमा बनाउने भन्ने विषयमा टुङ्गो लागेको छैन । यस अघि सो आयोजनलाई जलविद्युत विकास कम्पनीले पनि लगानी जुटाएर सर्वाजनिक निजी साझेदारी अवधारणा अनुरुप अघि बढाउने प्रक्रिया अघि बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL