Logo

लगानी सम्मेलनलाई छानिए ९ क्षेत्र, आउला त १ खर्बको वैदेशिक लगानी ?

लगानी सम्मेलनलाई छानिए ९ क्षेत्र, आउला त १ खर्बको वैदेशिक लगानी ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले यही हप्ता हुने लगानी सम्मेलनका लागि ९ वटा क्षेत्र छनौट गरेको छ । सम्मेलनाा विदेशी लगानीकर्तालाई आकर्षण गर्न तुलनात्मक लाभका क्षेत्रहरु छनौट गरिएको उद्योग मन्त्री नविन्द्रराज जोशीले बताए ।

जोशीका अनुसार सम्मेलनमा ऊर्जा, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, वित्तीय क्षेत्र, खानी तथा खनिज, कृषि तथा वन जन्य उत्पादनलगायतका क्षेत्र छनौट गरिएको छ । सरकारले ती क्षेत्रको सम्भावित आयोजनाहरुको तथ्याङ्क समेत तयार गरेमने उनले जानकारी दिए ।

सम्मेलनमा स्वदेशी तथा विदेशी गरी ५ सयभन्दा लगानीकर्ताले समभागिता जनाउने भएका छन् । हालसम्म २ सय ३५ विदेशी कम्पनीले सम्मेलनका सहभागिता जनाउनका लागि दर्ता गराइसकेका छन् भने ३ सयभन्दा बढी नेपाली लगानीकर्ता रहेका उनले जानकारी दिए । जसमा चीनको सबैभन्दा बढी ८९ वटा कम्पनीहरु रहेका छन् । त्यसैगरी भारतको २१, श्रीलंकाको २० मलेशिया १४ जानपान १३ क्यानडा १२ हङकङ १२ तथा बेलायत, दक्षिण कोरिया र भेतनामको ८÷८ वटा कम्पनी रहेका छन् ।

सम्मेलनले १ खर्बभन्दा बढी वैदेशिक लगानीको प्रतिवद्धता आउने अपेक्षा गरिएको उनले जानकारी दिए । तर, पछिल्लो समय विभिन्न मुलुकको भ्रमणको क्रममा विदेशी लगानीकर्ताहरु नेपालमा लगानी गर्न इच्छुक देखिएको समेत उनको दावी थियो । ‘विदेशीहरु नेपालमा लगानी गर्न तयार भएर बसेका छन्,’ उनले भने, ‘त्यसलाई हामीले कसरी ल्याउने भन्ने विषय मुख्य हो ।’

सम्मेलनमा भएका प्रतिवद्धता तथा निर्णयहरु कार्यान्वयनमा लैजानका लागि सरकारले विभिन्न कार्यान्वयनका लागि कमिटि समेत गठन गरेको छ । सम्मेलन मात्र गर्दा लगानी नआउने भएकाले निर्णयहरु तदारुपकताका साथ कार्यान्वयन गर्न कमिटि गठन गरिएको हो । जसमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, लगानी, र उद्योग मन्त्रालय मातहत रहने गरी चार कमिटि गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL