Logo

८ मेगावाटको नौगड गाढ जलविद्युतमा दुई बैंकको १ अर्ब लगानी, २०७४ भित्र निर्माण सम्पन्न

८ मेगावाटको नौगड गाढ जलविद्युतमा दुई बैंकको १ अर्ब लगानी, २०७४ भित्र निर्माण सम्पन्न


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नौगड गाढ जलविद्युत आयोजना निर्माणका लागि २ बैंकले १ अर्ब रुपैयाँ लगानी गर्ने भएका छन् । अपि पावर कम्पनी लिमिटेडको दोश्रो आयोजनाको रुपमा दार्चुलामा निर्माणाधिन सो आयोजनाका लागि ऋण लगानी गर्ने सम्बन्धमा बैंक र निर्माता कम्पनीबीच बुधबार सम्झौता भएको हो ।

कुल १ अर्ब ४४ करोड रुपैयाँमा बन्न लागेको सो आयोजनाका लागि बैंकले १ अर्ब रपैयाँ लगानी गर्ने भएको छ । सो आयोजनामा नेपाल एसबिआई बैंकको नेतृत्वमा प्रभु बैंक लिमिटेडले लगानी गर्न लागेको हो । जसमा एसविआईको ५५ करोड रुपैयाँ र प्रभुको ४५ करोड रुपैयाँ लगानी हुनेछ ।

सो सम्बन्धमा जानकारी दिँदै कम्पनीका कार्यकारी संचालक संजीव न्यौपानेले आयोजना २०७४ साल चैत मसान्तभित्र सम्पन्न गरि राष्ट्रिय प्रशारण लाइनमा विद्युत आपूर्ति गरिने बताए । ‘यो आयोजनाबाट उत्पादित विद्युत ८ किलोमिटर लामो ३३ केभी ट्रान्समिशन लाइनबाट नेपाल विद्युत प्राधिकरणको बलाँच सवस्टेशनमा जोडीनेछ,’ उनले भने, ‘त्यहाँबाट १३२ केभी ट्रान्समिशन लाईनमार्फत कैलाली जिल्लाको अत्तरीया सब स्टेशन हुँदै देशभर प्रशारण हुनेछ ।’

कम्पनीले यस अघि १७ महिनाको छोटो अवधिमा ८ दशमलव ५ मेगावाट क्षमताको नौगड गाढ जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरि २०७२ साल भाद्र देखि राष्ट्रिय प्रशारण लाइनमा विद्युत प्रवाह गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL