Logo

औषधि उत्पादनको मिती पछि सार्दै उद्योग मन्त्री, २ महिनाभित्र आउला बजारमा ?

औषधि उत्पादनको मिती पछि सार्दै उद्योग मन्त्री, २ महिनाभित्र आउला बजारमा ?


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । असोजमा ३ महिना भित्र नेपाल औषधि लिमिटेडका उत्पादनहरु बजारमा ल्याउने उद्घोष गरेका उद्योग मन्त्री नविन्दं्रराज जोशीले औषधि उत्पादन शुरु गर्न अझै २ महिना लाग्ने बताएका छन् । आफुले घोषणा गरेको मिति सकिएको १ महिना वितिसक्दा अझै २ महिना लाग्ने उनको भनाइ छ ।

हाल कम्पनीको संचालम समिति गठन तथा प्रवन्ध निर्देशक नियुक्ती गरिएकाले अवको २ महिना भित्र औषधि उत्पादन गर्ने गरी तयारी थालिएको जोशीले जानकारी दिए । ‘औषधि लिमिटेड भित्र रहेका मेसिन र विल्डिङ मर्मतको टेन्डर आबह्वानको तयारी भइरहेको,’ उनले भने, ‘यो हप्ता मेसिन र भवन मर्मतको गर्ने छौं ।’ साथै, त्यसका लागि अन्य पूर्वाधार समेत तयार भैसकेको उनले जानकारी दिए ।

मन्त्री जोशीका अनुसार औषधि उत्पादनका लागि बोर्ड संचालक समिति सदस्यमा लक्ष्मीराज पाठक, पृताञ्जली भण्डारी, भगवान कोइराला र सिनोज श्रेष्ठ गरी ४ जनालाई नियुक्त गरिएको छ । त्यस्तै स्थायी आमन्त्रित सदस्यमा जगदिश कुँवर र विज्ञहरुको तर्फबाट २ जना छनौट गरिएको समेत उनले जानकारी दिए ।

जोशीका अनुसार औषधि लिमिटेडले पहिलो चरणमा सिटामोल, नेपोक्स्लीन, कफनास, अल्वेण्डाजोल, जिवनजल, एमजिट, आइरन चक्की र कफहिस्ट उत्पादन गर्ने छ । २०६७ सालदेखि पूर्ण रुपमा बन्द रहेको सो उद्योग संचालनका लागि नेपाल सरकारले १४ करोड ६५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL