Logo

किन अघि बढ्दैनन् भारतीय लगानीका आयोजना ? राजदूत भन्छन्, ‘परियोजनालाई राजनीतिक फुटबल बनाईयो’

किन अघि बढ्दैनन् भारतीय लगानीका आयोजना ? राजदूत भन्छन्, ‘परियोजनालाई राजनीतिक फुटबल बनाईयो’


बिजखबर संवाददाता
27
Shares

भारतीय लगानी हुने भनिएको नेपालका जलविद्युत, सडकलगायत विभिन्न पूर्वाधार दशकौंदेखि अघि बढ्न सकेका छैनन् । पश्चेश्वर, अरुण तेस्रो, हुलाकी राजमार्गलगायत भारतीय लगानी तथा सहयोग रहेका परियोजना अड्किरहेका छन् । भारतीय लगानीका परियोजना किन अघि बढ्न सकको छैन ? किन ढिला भइरहेको छ ? नेपालका लागि भारतीय राजदूत रणजीत राय भन्छन्, ‘भारतीय लगानीका परियोजनालाई राजनीतिक फुटबल बनाईयो ।’
राजनीतिक फुटबल बनाइएकै कारण परियोजना ढिला भइरहेको उनको भनाई छ । ‘परियोजनाको काम शुरु नभएको अथवा सुस्त भइरहेकोप्रति नेपाल र भारत दुवै मुलुक सिरियस छन् तर पनि समस्य उस्तै छ’ उनले भने, ‘किन भने परियोजनालाई राजनीतिक फुटबल बनाइएको छ ।’ नेपालले भारतलाई र भारतले नेपाललाई दोस देखाएर पञ्छिन खोजिएको उनको भनाई छ ।
पछिल्ला ६ दशकदेखि उस्तै समस्या भइरहनु गम्भिर कुरा भएको भन्दै राजदूत रायको परियोजना अघि बढाउन दुवै देशले उत्तिकै भूमिका खेल्नुपर्ने बताए । ‘एकातिर भारतलाई परियोजना मात्रै होल्ड गरेको आरोप लगाईन्छ भने अर्कातिर परियोजना अघि बढाउन नेपालले सहयोग नगरेको भारतको गुनासो छ’ उनले भने, ‘दुई देशका सम्बन्धीत निकाय तथा अधिकारीहरु एक ठाउमा बसेर समस्याको समाधान गर्नुपर्छ ।
एसियन इष्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेशन अफेयरले काठमाडौंमा बुधवार आयोजना गरेको कार्यक्रममा राजदूत रायले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण सफल भएको समेत बताए ।

आर्थिक–व्यापारिकरुपमा सफल भ्रमण
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धीका विषयमा आयोजित कार्यक्रममा वाणिज्यमन्त्री रोमी गौचन थकालीले दुई मुलुकबीचको आर्थिक–व्यापारिक सम्बन्ध विस्तारमा प्रधामन्त्री दाहालको भ्रमण सफल भएको बताए । उनले विगतका सम्झौता कार्यन्वयन गर्न महत्वपूर्ण सहयाग पुगेको समेत जनाए । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्का सचिव चन्द्रप्रकाश घिमिरेले दुई मुलुकबीचको व्यापार सहजीकरण गर्न तथा भारतीय लगानी भित्र्याउन भ्रमण सफल भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL