Logo

सिमेन्ट उद्योगमा डेढ खर्ब वैदेशिक लगानीको प्रस्ताव, ३ वर्षमा प्रगति शुन्य

सिमेन्ट उद्योगमा डेढ खर्ब वैदेशिक लगानीको प्रस्ताव, ३ वर्षमा प्रगति शुन्य


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिमेन्ट उद्योगमा विगत ३ वर्षयता १ खर्ब ४५ अर्ब वरावरको प्रत्यक्ष बैदेशिक लगानी (एफडीआई) को प्रस्ताव आएपनि हालसम्म काम अघि बढ्न सकेको छैन । लगानी बोर्डमार्फत नेपालको सिमेन्ट उद्योगमा उक्त रकम बरावरको प्रस्ताव आएपनि सो विषयमा काम अघि नबढेको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए । ‘हालसम्म एफडीआईका ४ वटा उद्योगहरुको प्रस्ताव आएका छन्,’ उनले भने, ‘सोमध्ये नेपाली पार्टनसीपमा आएको चीनको होङ्सी ग्रुपले मात्र आफ्नो काम अघि बढाएको छ ।’

बोर्डका अनुसार चीनको २ वटा, भारतको १ र अफ्रिकाको १ वटा उद्योगले नेपालमा सिमेन्ट उद्योग खोल्नका लागि बोर्डका स्वीकृति लिएका छन् । जसमध्ये अफ्रिकाको डोंगटेले सन् २०१३, भारतको रिलायन्सले सने २०१४ र चीनको होङ्सीले सने २०१५ र हाउसीङले पनि सन् २०१५ मै नेपालमा सिमेन्ट उद्योग स्थापना गर्न बोर्डबाट स्वीकृति लिएका हुन् ।

बोर्डबाट स्वीकृति लिएकामध्ये ३ वटा उद्योगको लागि कुनै प्रक्रिया अघि बढेको छैन । चीनको हाउसीङ सिमेन्टले प्लाष्ट स्थापनाका लागि जग्गा नै पाएको छैन भने रियान्सको भारतमै लगानीकर्ता परिवर्तन भएका कारण समस्यामा रहेको बोर्डको भनाइ छ । यसैगरी डोंगटे सिमेन्टको पनि हालसम्म कुनै काम शुरु भएको छैन । सो सिमेन्टले पनि सिमेन्ट उत्पादनको लागि चुन ढुङ्गाको खानी नै पाएको छ । हालसम्म प्रस्ताव आएका मध्ये डोंगटेको सवैभन्दा बढी साढे ५५ अर्ब रुपैयाँ रहेको छ । यसैगरी भारतको रिलायन्स सिमेन्टको ४० अर्ब, चीनको हाउसीङको १४ अर्ब र चीनकै होङ्सी सिमेन्टको ३६ अर्ब रुपैयाँ रहेको छ ।

लगानी प्रस्ताव गरेकामध्ये होङ्सी सिमेन्टले नेपाल स्थित सिवम् सिमेन्टसँगको सहकार्यमा लगानी अघि बढाएको छ । जसमा होङ्सीको ७० र सिवम्को ३० प्रतिशत लगानी रहने छ । हाल सो कम्नपीले स्थलगत रुपमा काम अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL