Logo

नयाँ आवको शुरुवातसँगै उद्योग दर्ता बढ्यो, साढे ४७ अर्व लगानीको प्रस्ताव

नयाँ आवको शुरुवातसँगै उद्योग दर्ता बढ्यो, साढे ४७ अर्व लगानीको प्रस्ताव


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नयाँ आर्थिक बर्षको शुरुवातसँगै उद्योग कलकारखाना खोल्ने क्रम बढेको छ । भुकम्प तथा नाकाबन्दकिा कारण गत आवमा लगानी गर्न हच्किएका लगानीकर्ताहरु नयाँ आवको शुरुवातसँगै पुनः प्रवेश गर्न थालेका हुन् ।

पछिल्लो समय नयाँ उद्योग दर्ताको लागि आवेदन आउने क्रम बढेको उद्योग विभागले जानकारी दिएको छ । चालु आर्थिक बर्षको पहिलो महिनामा ५७ ओटा उद्योग दर्ता महेश्वर न्यौपानेले जानकारी दिए । ती मध्ये स्वदेशी लगानीका ४६ र अन्य विदेशी लगानीका उद्योग दर्ताका लागि प्रस्ताव गरेका थिए ।

विभागका अनुसार दर्ता भएका उद्योगहरुमा ३३ ओटा साना, १३ ओटा ठूला र ११ ओटा मझौला उद्योग छन् । जस मध्ये अधिकांश उद्योग पर्यटनमुलक उद्योग रहेका छन् । कुल ५७ वटा उद्योगमा ३३ उद्योग पर्यटनमुलक उद्योग छन् ।

ती उद्योगहरुमा ४७ अर्व ३८ करोड ८४ लाख रुपैयाँको लगानी हुने भएको छ । साथै, ती उद्योगहरुबाट २ हजार ८ सय ७८ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाउने भएका छन् ।

भुकम्प तथा नाकाबन्दीले नेपालमा लगानी गर्न हच्किएका लगानीकर्ता विस्तारै आकर्षित हुन थालेका महानिर्देश्क महेश्वर न्यौपानेले बताए । ‘पछिल्लो समय विदेशी तथा स्वदेशी लगानीकर्ताको मनोवल बढ्न थालेको छ,’ उनले भने, ‘अघिल्ला वर्षको तुलनामा गत वर्ष उद्योग दर्ता तुलनात्मक रुपमा कम भएपनि यो बर्ष उच्च रुपमा बढ्ने छ ।

बार्षिक रुपमा बढेको उद्योग दर्ताको क्रम गत बर्ष कम भएको थियो,’ उनले भने ‘चालु आवबाट फेरी उत्साहजनक रुपमा बढेको देखिन्छ ।’ साथै पछिल्लो समय ठूला जलविद्युत परियोजनाहरुमा पनि नेपाली लगानी आउने थालेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL