Logo

उखुबाट विजुली निकाल्ने प्रक्रिया अघि बढ्यो, आगामी साता स्थलगत अध्ययन गरिँदै

उखुबाट विजुली निकाल्ने प्रक्रिया अघि बढ्यो, आगामी साता स्थलगत अध्ययन गरिँदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । उखुको खोस्टा (वगास) बाट विजुली निकाल्न इच्छुक उद्योगहरुको स्थलगत निरिक्षण गरिने भएको छ । १ हप्ता भित्र ती उद्योहरुको स्थलगत अध्ययनमा जाने तयारी गरिएको विद्युत विकास विभागका उपमहानिर्देशक नविनराज सिंहले जानकारी दिए ।

बगासबाट विजुली उत्पादन गरि राष्ट्रिय प्रसारण लाइनमा जोड्न पहिलो चरणमा ७ ओटा उद्योगले आवेदन दिएका थिए । सरकारले उक्त उद्योगबाट उत्पादित विजुली राष्ट्रिय प्रशारण लाइनभा ऊखुको खोस्टाबाट विजुली उत्पादन गरि राष्ट्रिय प्रसारण लाइनमा जोड्न सरकारले माग गरेको आशय पत्रमा व्यवसायीहरुले चासो देखाएका हुन् ।
विभागका अनुसार एभरेष्ट सुगर केमिकल मिल, अन्नपुर्ण चिनी मिल, बासुलिंगा सुगर मिल, इन्दु शंकर चिनी उद्योग, लुम्वीनी चिनी उद्योग, महाकाली चिनी मिल र बागमती खाडसारीले आशयपत्र पेस गरेका हुन् । विभागले आवेदन दिएका उद्योगीहरुले पठाएको आशयपत्रको मूल्यांकन गरिसकेको छ । अव स्थलगत अध्ययन गरी सम्वन्धित चिनी उद्योगसँग विद्युत खरिद को प्रक्रिया अघि बढाइने बताइएको छ ।

सरकारले चिनी उद्योगबाट उत्पादित विजुली खेर गएको भन्दै त्यसको सदुपयोग गर्ने उद्देश्यले राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि प्रक्रिया शुरु गरेको हो । चिनी उद्योगबाट बार्षिक १३ मेगावाट विद्युत खेर जाने गरेको छ । उखु क्रसिङका क्रममा सहउत्पादनका रूपमा विभिन्न चिनी मिलले उत्पादन गरेको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा नजोडिँदा सो विद्युत खेर गएको हो । उर्जा मन्त्रालयको चिनी उद्योगबाट ६० मेगावाट विजुली निकाल्ने लक्ष्य लिएको छ ।

विद्युतको मूल्य भने हाल विद्युत् आयोजनालाई दिँदै आएको सूचीकृत दर (पोस्टेड रेट)अनुसार तोकिने बताइएको छ । हाल प्राधिकरणले हिउँद याममा जलविद्युत् आयोजनाबाट प्रतियुनिट ८ रुपैयाँ ४० पैसाका दरले विद्युत् खरिद गर्दै आएको छ ।

मन्त्रिपरिषदले गत बर्षको जेठमा चिनी उद्योगबाट उत्पादन हुने विद्युत् सहउत्पादनको प्रवद्र्धन गर्ने प्रस्तावलाई स्वीकृति दिएको थियो । तर, प्रसारण लाइन, सबस्टेसनलगायत आवश्यक पूर्वाधार तथा प्रणालीको विकास नहुँदा हालसम्म चिनी मिलबाट उत्पादित विजुली खेर गइरहेको छ ।

चिनी उद्योगले उखु पेलिसकेपछि निस्किने खोस्टाबाट विद्युत् उत्पादन गर्दै आएका छन् । चिनी मिलको उखु पेल्ने सिजन मंसिरदेखि चैत अन्त्यसम्म हो ।

विद्युत् प्राधिकरणको अध्ययन अनुसार हालको अवस्थामा चिनी उद्योगले १० देखि १३ मेगावाट विद्युत् उत्पादन गर्न सक्छन् । त्यस्तै उद्योगले थप लगानी र मेसिन, उपकरणमा सामान्य संरचनागत सुधार गरेको अवस्थामा २ बर्षभित्र ३० देखि ४० मेगावाट विद्युत् (वार्षिक झन्डै १२ करोड युनिट) उत्पादन गर्न सक्ने बताइएको छ । हाल सञ्चालनमा रहेका १० भन्दा बढी चिनी उद्योगले वार्षिक झन्डै ३० लाख टन उखु पेल्ने गरेका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL