Logo

भुकम्प र नाकाबन्दीको प्रभाव, ७० प्रतिशतले घट्यो उर्जामा लगानी

भुकम्प र नाकाबन्दीको प्रभाव, ७० प्रतिशतले घट्यो उर्जामा लगानी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । २०७२ मा उर्जा क्षेत्रमा लगानी गर्ने क्रम घटेको छ । गत बर्षको बिनाशकारी भुकम्प तथा नाकाबन्दीको प्रभाव जलविद्युत क्षेत्रमा देखिएको हो ।

२०७२ सालमा जलविद्युतमा भित्रिएको लगानीको प्रस्ताव निरासाजनक रहेको उद्योग विभागको तथ्याङ्कले देखाएको छ । २०७१ को तुलनामा यस क्षेत्रमा लगानीको प्रस्ताव ७० प्रतिशतभन्दा बढीले ओरालो लागेको विभागले जानकारी दिएको छ । उद्योग विभागको तथ्यांक अनुसार २०७२ मा १५ ओटा जलविद्युत आयोजनाका लागि लगानीको प्रतिबद्धता आएको थिए । जुन अघिल्लो बर्ष २०७१ को भन्दा २१ ले कम हो ।

२०७२ मा जम्मा ४० अर्व ७३ करोड ४० लाख बराबरको लगानी प्रतिबद्धता आएको हो । जुन अघिल्लो बर्षको तुलनामा १३ अर्व ८७ करोड ६४ लाखले कम हो । सो क्षेत्रमा २०७१ मा ६७ अर्व ५९ करोड १६ लाख बराबरको लगानीको प्रतिबद्धता आएको थियो ।

भुकम्प तथा करीव ४ महिना लामो भारतीय नाकाबन्दीले उर्जामा लगानी गर्न चाहने लगानीकर्ताको मनोवल धेरै नै गिरेको सम्बद्ध व्यवसायीहरु बताउँछन् । लगानीकर्ताहरु ‘पर्ख र हेर’को स्थितिमा रहेकोले लगानी कम भएको उनीहरुको दावी छ । साथै वातावरण सहज हुनासाथ लगानी निश्चित रूपमा भित्रिने बताइएको छ ।

प्रस्तावित आयोजनामध्ये अधिकांशमा नेपाली लगानीकर्ता रहेको विभागको तथ्यांकले देखाएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL