Logo

शिवम सिमेन्टको सामाजिक उत्तरदायित्व, मकवानपुरका ३८० परिवारलाई खाद्यान्न र आर्थिक सहयोग

शिवम सिमेन्टको सामाजिक उत्तरदायित्व, मकवानपुरका ३८० परिवारलाई खाद्यान्न र आर्थिक सहयोग



काठमाडौं । शिवम सिमेन्टले हेटौंडा उप–महानगरपालिका र मकवानपुर गढी गाउँपालिकामा खाध्यन्न तथा आर्थिक सहयोग गरेको छ ।

laxmi

शिवमले हेटौंडा उप–महानगरपालिकाका वार्ड नं. ६, १६ र १७ मा सोही वडाका जनप्रतिनिधिहरुसँगको समन्वयमा ३८० घर परिवारलाई खाद्यान्न वितरण गरेका छन भने मकवानपुर गढी गांउपालिकामा आईसोलेशन बेडसहितको १० बेडको क्वारेन्टाईन बनाउन आर्थिक सहयोग उपलब्ध गराएको छ ।

अन्तरराष्ट्रिय जगतलाई नै आक्रान्त बनाईरहेको नोबेल कोरोना भाईरस (कोभिड १९) को महामारीको बिषम अवस्थामा शिवम् सिमेन्टले ग्रामीण क्षेत्रका विपन्न परिवारमा खाद्यान्न वितरण तथा क्वारेन्टाईनका लागि आर्थिक सहयोग गरेको हो ।

शिवम् सिमेन्टले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै मकवानपुर स्थित उद्योग परिसर वरीपरी रहेका घरपरिवारलाई खाध्यन्न वितरण गरेको हो । केही दिन देखी देशमा जारी लकडाउनका कारण सबै नेपालीको दैनिक जिवन नराम्ररी प्रभावित बनाएको छ । कोभिड १९ को संक्रमण फैलने क्रमलाई नियन्त्रण गर्न लकडाउन मात्र एक उपाय भएकाले यो अझ लम्विन सक्ने सम्भावना देखिएको छ ।

लकडाउनबाट दैनिक ज्यालादारी गरी गुजारा गर्ने नागरिक र तिनका परिवार सबै भन्दा पिडित हुने र दैनिक हातमुख जोर्न नै कठिन हुने अवस्था सिर्जना भएकाले सो क्षेत्रको परिवारहरुको दैनिकी सहज होस् भनि खाद्यान्न वितरण गरिएको तथा आगामी दिनहरुमासमेत स्थानिय तहसँगको सहकार्यमा सहयोगलाई निरन्तरता दिने उद्योग प्रमुख नवल किशोर चौधरीले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL