Logo

वीरगञ्ज चिनी कारखाना तत्काल सञ्चालन गर्न सांसदको माग, आउला त संचालनमा ?

वीरगञ्ज चिनी कारखाना तत्काल सञ्चालन गर्न सांसदको माग, आउला त संचालनमा ?



काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद रामबाबुकुमार यादवले वीरगञ्ज चिनी कारखाना तत्काल सञ्चालन गर्न माग गरेका छन ।

उनले कारखाना सञ्चालन नहुँदा हजारौं मजदूर बेरोजगार हुनाका साथै उखु किसानलाई समेत मर्का परेको भन्दै कारखाना संचालन गर्न माग गरेका हुन ।

बैठकमा बोल्दै सांसद गंगा चौधरीले गुठी विधेयक फिर्ता लिएर सरकारले श्रमजीवी किसानवर्गको अधिकार खोसेको आरोप लगाएकी छिन ।

सांसद शशी श्रेष्ठले ऊर्जा विकास तीव्र गतिमा हुनुपर्ने, डिला संग्रौलाले भ्रष्टाचार कम हुन नसकेको र राजकिशोर यादवले सरकारले जनतालाई सुशासनको प्रत्याभूति दिन नसकेको आरोप लगाए ।

त्यसैगरी सांसद सञ्जयकुमार गौतम, हितबहादुर गुरुङ र सरिताकुमारी गिरीले गरीब, दलित, जनजाति तथा पिछडिएका जनताका अधिकारलाई सुनिश्चित गर्नाका लागि सरकारको ध्यानाकर्षण गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL