Logo

राष्ट्रिय सभाबाट विदेशी लगानी विधेयक पारित, कार्गोमा पनि वैदेशिक लगानी

राष्ट्रिय सभाबाट विदेशी लगानी विधेयक पारित, कार्गोमा पनि वैदेशिक लगानी



काठमाडौं । राष्ट्रिय सभाबाट वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण विधेयक २०७५ पारित भएको छ ।

शुक्रबार उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यावदले पेश गरेको उक्त विधेक राष्ट्रिय सभाबाट पारित भएको हो ।

प्रतिनिधसभाबाट पारित भएको सो विधेयकमा सांसद राधेश्याम अधिकारीले कार्गो व्यवसायमा वैदेशिक लगानी खुला गर्न नहुनेभन्दै संशोधन प्रस्ताव पेश गरेका थिए । तर, उक्त प्रस्तावलाई बहुमतले अस्वीकृत गरेपछि विधेयक पारित भएको हो ।

उक्त विधेयक पारित भएसँगै अबका दिनमा कार्गो लगायत कृषिजन्य उद्योगमा वैदेशिक लगानी भित्र्याउन बाटो खुला भएको छ । विधेयक पारित भएसँगै आगामी केही दिनमा हुन लागेको लगानी सम्मेलनमा विदेशी लगानी भित्र्याउनलाई थप सहज हुने भएको छ ।

विधेयक अनुसार आमसंचार, कुखुरापालन, कुरियर, रेमिटान्स सेवा, खुद्रा व्यवसाय, नेपाल सरकारले तोकेभन्दा कम पूँजी भएको शैक्षिक परामर्श शैक्षिक संघसंस्था, होमस्टे, ट्राभल ट्रेकिङजस्ता व्यवसायमा वैदेशिक लगानी भित्र्याउन पाईनेछैन ।

यी हुन विदेशी लगानी भित्र्याउन नपाउने अनुसूची


प्रतिक्रिया दिनुहोस्
MBL