Logo

व्यवसायीले राजनीति गर्दा अर्थतन्त्रमा समस्या

व्यवसायीले राजनीति गर्दा अर्थतन्त्रमा समस्या


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादवले उद्योगी व्यापारीबीचको राजनीतिले गर्दा देशमा उद्योग कलखारखाना फस्टाउन नसकेको आरोप लगाएका छन् ।

अहिले राजनीतिक दलभन्दा पनि उद्योगी व्यापारीको राजनीति बढी छ,’ उनले भने, ‘अब देश विकासका लागि व्यवसायीहरुको पनि ३/४ वटा संगठन बनाएर आफुखुशी लविङ गर्नुभन्दा एक ढिक्का बनाएर अघि बढ्नुपर्छ ।’

व्यापारीबीच एकआपसको राजनीतिले गर्दा नेपाली अर्थतन्त्रमा नकारात्मक असर परेको भन्दै यसलाइ रोक्न आग्रह गरेका छन । राजनीतिक दलहरु राष्ट्रिय अभियानका लागि एकजुट भएझैं व्यबसायीलाइ पनि एकजुट हुन आग्रह गरेका हुन ।

यसैगरी व्यवसायी तथा कर्मचारीले आजका दिनसम्म जेजस्तो गल्ती गरेपनि अबका दिनमा त्यस्तो गल्ती नदोहोर्याउन निर्देशन दिएका छन् । यस अघि गरिएका गल्ती मिनाहा गर्न सकिने भएपनि अबका दिनमा गल्ती गरेमा जस्तोसुकै कारबाही गर्न सकिने चेतावनी दिए ।

अबका दिनमा घुस र पेश्की दिएर कर्मचारीलाई काम लगाउने काम बन्द गर्न व्यवसायीलाई आग्रह गरेका छन् । अबका दिनमा राजनीतिज्ञ र कर्मचारीमा मात्र नभई व्यवसायीहरुमा शुद्धीकरण आवश्यक भएको उनको तर्क थियो ।

२÷४ जना अर्बपति भएर देश सम्बृद्धि नहुने भन्दै अबका दिनमा सवैलाई सहज हुने अर्थतन्त्र निर्माण गर्नुपर्नेमा उनको जोड थियो । व्यवसायीले साथ दिएमा अबको पाँच बर्षमा नेपाल आर्थिक समृद्धितर्फ लम्कीने समेत उनको दावी थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL