Logo

सिमेन्टको मूल्य घटाउन उद्योग मन्त्रीको निर्देशन, पुर्नर्विचार गरिने व्यवसायीको भनाई

सिमेन्टको मूल्य घटाउन उद्योग मन्त्रीको निर्देशन, पुर्नर्विचार गरिने व्यवसायीको भनाई


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । उद्योग मन्त्री नवीन्द्रराज जोशीले सिमेन्टमा गरिएको मूल्य घटाउन निर्देशन दिएका छन् । मन्त्री जोशीले पुनर्निर्माणको अहिलेको समयमा संघले मूल्य बढाएको भन्दै बृद्धिप्रति पुर्नर्विचार गर्न नेपाल सिमेन्ट उत्पादन संघलाई निर्देशन दिएका हुन् ।

हालै सिमेन्टमा प्रति वोरा २० देखी २५ रुपैंया सम्म मूल्य बृद्धि गरेको कुरा सार्वजनिक भए पछि मन्त्री जोशीले संघका अध्यक्ष धु्रव थापालाई विहीवार उद्योग मन्त्रालयमा बोलाएर मूल्य वृद्धिको निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन् ।

भेटमा अध्यक्ष थापाले सिमेन्ट उत्पादनका लागी प्रयोग गरिने कच्चा पदार्थ क्लिंकरको मूल्य वृद्धि भएका कारण मूल्य बढेको बताए । साथै उत्पादकहरुसँग छलफल गरी यसमा के कति पुनर्विचार गर्न सकिन्छ भन्ने बिषयमा आगामी आईतवार उद्योग मन्त्रीसँग पुन छलफलमा बस्ने जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL