Logo

उद्योग दर्ता ६१ प्रतिशतले बढ्यो, उत्पादनमूलक उद्योगमा बढी आकर्षण

उद्योग दर्ता ६१ प्रतिशतले बढ्यो, उत्पादनमूलक उद्योगमा बढी आकर्षण


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । करिव ३ महिना लामो नाकाबन्दीले घटेको उद्योगीहरुको मनोवल विस्तरै बढेको पाइएको छ ।  उद्योग विभागको आर्थिक बर्ष २०७२/७३ मा उद्योग दर्ताको तथ्यांकले यस्तो देखाएको हो ।  नाकाबन्दीका समयमा उद्योग दर्ता घटेपनि उद्योगमा लगानी गर्नेको उत्साह  पून:बढेको विभागले जानकारी दिएको छ ।

तथ्यांक अनुसार गत आवको तुलनामा चालु आर्थिक बर्षमा उद्योगमा लगानीको प्रतिवद्धता बढेको छ । आर्थिक बर्ष २०७२/७३ को बैशाखसम्म ७ सय ५२ ओटा उद्योग दर्ता भएको विभागको तथ्यांक छ । जुन गत आवको तुलनामा करिव ६१ प्रतिशतले बढी हो । आर्थिक बर्ष २०७१/ ७२ मा ४ सय ६३ ओटा उद्योग दर्ता भएको विभागको तथ्यांकमा उल्लेख छ ।

करीव ३ महिना लामो नाकाबन्दीले देशभरका उद्योगहरु ठप्प हुनुका साथै नयाँ उद्योग व्यवसाय सञ्चालन गर्न चाहनेहरुको मनोवल पनि कमजोर भएको थियो । तर नाकाबन्दी खुलेसँगै उद्योगीहरुको मनोवल बढेको हो ।  चालु आर्थिक बर्षमा उत्पादनमुलक उद्योग दर्ता सवै भन्दा बढी भएको देखिन्छ । सो अवधिमा १ सय ६ उत्पादनमुलक उद्योग दर्ता भएको विभागको तथ्यांक छ । अघिल्लो आवमा ९० ओटा उत्पादनमुलक उद्योग दर्ता भएका थिए ।

त्यस्तै सेवा क्षेत्रका ८१ ओटा उद्योग दर्ता भएका छन् । जुन गत आवको तुलनामा ३५ ले कम हो । गत आवमा १ सय ३६ सेवाुमलक उद्योग दर्ता भएका थिए । त्यसैगरी चालुआवमा पर्यटनमुलक उद्योगको दर्तामा कमी भएको छ । अघिल्लो आवमा १ सय ४५ पर्यटनमुलक उद्योग दर्ता भएकोमा चालु आवमा यसको संख्या ६६ ओटामा सिमित छ ।

चालु आवमा दर्ता भएका उद्योगहरुको कुल पूँजी ती उद्योगहरुको जम्मा पूँजी १८ अर्व ३३ करोड रुपैयाँ छ । गत बर्षको सो अवधिमा १२ अर्व २३ करोड रुपैयाँ थियो ।ती उद्योगबाट ३६ हजार ४८ जनाले रोजगारी पाउने छन् ।तर, गत बर्ष २२ हजार ६ सय जनाले रोजगारी पाउने गरी उद्योग दर्ता भएका थिए ।

उद्योगमा ढिला प्रतिफल पाइने क्षेत्र भएकोले लामो नाकाबन्दीपछि पनि उद्योगीहरुमा उद्योग स्थापनाको हिम्मत आएको विभागका महानिर्देशक महेश्वर न्यौपाने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL