Logo

कोरोना महामारीपछिको अवस्थाबारे सार्क राष्ट्रका उर्जा सचिवहरुबीच भिडियो कन्फ्रेन्स, विश्व बैंकको समन्वय

कोरोना महामारीपछिको अवस्थाबारे सार्क राष्ट्रका उर्जा सचिवहरुबीच भिडियो कन्फ्रेन्स, विश्व बैंकको समन्वय



काठमाडौं । उर्जा क्षेत्रमा परेका समस्या र असरहरुबारे दक्षिण एसियाका उर्जा सचिवहरुबीच छलफल भएको छ । कोरोना भाइरसको महामारीबाट विश्व नै आक्रान्त भइरहेको बेला विश्व बैंकको समन्वयमा नेपालसहित भुटान, वंगलादेश, भारत र श्रीलंकाका उर्जासचिवहरुबीच भिडियो कन्फ्रेन्समार्फत छलफल भएको हो ।

भिडियो कन्फ्रेन्समा लकडाउनले उर्जा क्षेत्रमा पारेको असर र सहकार्यका सम्भावनाहरुबारे छलफल भएको उर्जासचिव दिनेश घिमिरेले जानकारी दिए। उर्जासचिवहरुबीच आ–आफ्नो देशको माग र आपुर्ती, सरकारले सम्बोधन गरेका बिषय र आपसी सहयोगका क्षेत्रहरुबारे छलफल भएको थियो ।

उर्जामन्त्रालयका सचिव दिनेश घिमिरेले छलफलमा लकडाउनको अवधीमा समेत सरकारले निर्माणाधिन जलविद्यूत आयोजना अघि बढाउन आवश्यक कदम चाल्नुका साथै निर्माणकर्ताहरुलाई सहयोग गरिरहेको बताएका थिए । घिमिरेले लकडाउनको कारण आपूर्ति घटिरहेको भन्दै सरकारले १ सय ५० युनिटसम्म विजुली २५ प्रतिशत छुट दिएर भएपनि माग बढाउने कोशिस गरेको धारणा राखे ।

उनले भिडियो कन्फ्रेन्समा लकडाउनले विद्यूतको माग घटेको, उद्योगहरु बन्द भएको, उद्योगपतिहरुले समस्याहरु भोगिरहेको, निर्माण सामाग्री ढुवानीमा समस्या रहेकोलगायतका विषय उठाएका थिए । जलविद्युत कम्पनीका निर्माण सामाग्रीहरु भारतिय भन्सार र बाटोमा रोकिएकोबारे समेत घिमिरेले भारतिय उर्जा सचिव संजिव नन्दन सहाईको ध्यानआकर्षण समेत गराएका छन् ।

सचिव घिमिरेले भारतसंग आपसी सहयोगका क्षेत्रहरुबारे चर्चा गर्दै अहिले नेपालका जलविद्युत आयोजनका सामानहरु भारतको भन्सार र बाटोमा रोकिएकोमा चिन्ता जनाउंदै आवश्यक सुरक्षा व्यवस्था मिलाएर सुरक्षित रुपमा नेपाल ल्याउने वातावरण बनाईदिन आग्रह गरेका छन् । सचिव घिमिरेले भारतीय बजारमा विजुली बेच्नको लागी आवश्यक कण्डक्ट अफ विजनेश रुल (सिविआर) भारतको उर्जामन्त्रालयमा रोकिएको भन्दै त्यसलाई चाँडो स्विकृत गरिदिन समेत उनले भारतिय समकक्षीको ध्यानआकर्षण गराए ।

घिमिरेले ४ सय केवीको बुटवल गोरखपुर प्रशारण लाईनको शेयर एग्रिमेण्टको प्रस्ताव आएको भन्दै चांडै मन्त्रिपरिषदबाट स्विकृत गरेर सम्झौताका लागी पठाउने तयारी रहेको जानकारी समेत दिए ।जवाफमा भारतिय उर्जा सचिव सहाईले नेपालका उर्जा सचिवले उठाएका विषय अत्यन्तै महत्वपूर्ण रहेको भन्दै तिनै प्रस्तावलाई अघि बढाउन आवश्यक कदम चाल्ने बताए । भिडियो
कन्फ्रेन्समा भारतिय उर्जा सचिवले भने ‘नेपालका उर्जासचिवज्युले राखेका तिनै प्रस्ताव मैले नोट गरेर राखेको छु, यसलाई अघि बढाउन मैले आवश्यक कदम चांडै चाल्नेछु । ’

प्रतिक्रिया दिनुहोस्
MBL