Logo

माथिल्लो कर्णालीको ५ सय मेवा विद्युत प्रतियुनिट ८ रुपैयाँ ७० पैसामा बंगलादेशले किन्ने

माथिल्लो कर्णालीको ५ सय मेवा विद्युत प्रतियुनिट ८ रुपैयाँ ७० पैसामा बंगलादेशले किन्ने



काठमाडौं । भारतीय कम्पनी जिएमआरले निर्माण गर्न लागेको माथिल्लो कर्णालीको जलविद्युत बंगलादेशले किन्ने भएको छ । बंगलादेशले भारतको विद्युत व्यापार निगममार्फत प्रतियुनिट ८ रुपैयाँ ७० पैसामा किन्ने तय भएको हो ।

laxmi

शुक्रबार बंगलादेशको संचारमाध्यम ढाका ट्रिब्युनले प्रकाशित गरेको समाचार अनुसार २५ बर्षसम्म बंगलादेशले जिएमआरले उत्पादन गरेकोमध्ये ५ सय मेगावाट विजुली किन्ने भएको छ ।

बंगलादेशले नेपालको ९ सय मेगावाट विजुली किन्ने गरी नेपाल सरकारसँग पहिल्यै सम्झौता भईसकेपनि कति रुपैयाँमा बेच्ने भन्ने निर्णय भईसकेको थिएन ।

बंगलादेशले भारतिय कम्पनी जिएमआरसँग उक्त मूल्यमा विद्युत खरिद गर्ने सम्झौता गरेपछि नेपालको विजुली बंगलादेश पठाउने बाटो समेत खुलेको छ । यस्तै विद्युतको अन्तररष्ट्रिय मूल्य समेत तय भएको सम्बन्धित सरोकारवालाहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL