Logo

सुपर साञ्जेनमा १४ अर्ब रुपैयाँ लगानी गर्न स्वीकृति, खिम्ती २ को निर्माणकार्य सुरु

सुपर साञ्जेनमा १४ अर्ब रुपैयाँ लगानी गर्न स्वीकृति, खिम्ती २ को निर्माणकार्य सुरु


रासस
0
Shares

काठमाडौं । पछिल्लो समय नेपालको उर्जा क्षेत्रमा एक पछि अर्को गर्दै चिनियाँ लगानी भित्रन थालेको छ ।

पछिल्लो पटक उद्योग विभागको उद्योग तथा लगानी प्रवद्र्धन बोर्डको बैठकले रसुवाको पार्वतीकुण्ड गाउँपालिकामा निर्माण हुने जलविद्युत आयोजनामा चिनियाँ कम्पनीले १४ अर्ब रुपैयाँ लगानी भित्र्याउन स्वीकृति दिएको छ ।

नेपाली प्रवद्र्धक समेतको सहकार्यमा चिनियाँ कम्पनीले लगानी भित्र्याउन लागेको हो । कूल ७८ मेगावाट क्षमताको सो आयोजना सालासुङगी पावरले निर्माण गर्न लागेको हो । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले हाल निर्माण गरिरहेको माथिल्लो साञ्जेन जलविद्युत आयोजना भन्दा करीब ५ सय मिटरमाथि विद्युतगृह निर्माण गर्ने गरी सालासुङगी पावरले विगत तीन वर्ष पहिले अनुमति लिएको थियो ।

सो आयोजनामा नेपाली लगानीकर्ताको ८ प्रतिशत र चिनियाँ लगानीकर्ता चाइना हार्वर इन्जिनियरिङको ९२ प्रतिशत लगानी रहने छ । कूल १५ अर्ब २२ करोड ७० लाख रुपैयाँ लगानी रहने सो आयोजनाको प्रवद्र्धक सालासुङगी पावरले अध्ययनको सबै काम सम्पन्न गरेको छ ।

यसअघि चिनियाँ कम्पनी चोङ्जिङ वाटर टर्बाइन वक्र्स समूहले पिपल्स इनर्जी लिमिटेडमा ९ अर्ब रुपैयाँ लगानी भित्र्याएको छ ।
आयोजनाले दिएको जानकारी अनुसार दोलखा र रामेछापको सिमानामा निर्माणाधीन ४८.८ मेगावाट क्षमताको सो परियोजनाको निर्माण शुरु भएको जनाएको छ ।

हाल आयोजनामा पूर्वाधार निर्माणको काम धमाधम भइरहेको छ । पुल निर्माण, सडक निर्माण तथा विस्तार, आवास क्याम्प लगायतका काम भइरहेको आयोजनाका इन्जिनियर रामहरि शर्माले बताएका छन । आयोजना स्थल सम्म पुग्ने र आसपासका क्षेत्रका लागि ९ किलोमिटरमध्ये ३ किलोमिटर सडक निर्माण भइसकेको छ ।

चीनको चोङ्जिङ वाटर टर्बाइन वक्र्स कम्पनीले भौतिक पूर्वाधार निर्माणको काम शुरु गरेको छ । सो आयोजनाका लागि चीनबाट ९ अर्ब रुपैयाँ रकम भित्र्याएको छ । इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडेलमा बन्ने सो आयोजना निर्माणका लागि गत २०७४ फागुन ३० गते सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL