Logo

यामाहा एफ जेडद्वारा प्रस्तुत हिमालय रोडिज सिजन-३ सम्पन्न, सुजन सुवेदीले जिते उपाधि

यामाहा एफ जेडद्वारा प्रस्तुत हिमालय रोडिज सिजन-३ सम्पन्न, सुजन सुवेदीले जिते उपाधि



काठमाडौं । यामाहा एफ जेडद्वारा प्रस्तुत हिमालय रोडिज सिजन ३ – ब्लड, स्वेट र टियर्सले आफ्नो यस सिजनको विजेताको घोषणा गरेको छ । सन् २०१९ डिसेम्बर १६ बाट शुरु भएको यो रियालिटी शो ले १८ औं शृँखलामा आएर आफ्नो विजेता प्राप्त गरेको छ र यसपटक हिमालय रोडिजको ताज पहिरिन सफल भएका छन् रोडि सुजन सुवेदी ।

laxmi

सुजन ग्याङ्ग ग्रीन अन्तर्रगत् लाउरेको टिममा थिए । नेपालमा पहिलो पटक सन् २०१६ मा प्रसारण गरिएकोे शो युवा पुस्तामा आधारित रियालिटी शो ले तेस्रो शृँखलासम्म आइपुग्दा आफ्नो ढाँचामा धेरै परिवर्तन गरिसकेको छ ।

इण्डियाको फ्रेन्चाइज शो एमटिभि रोडिजको नेपाली संस्करण हिमालय रोडिज नेपालका युवाहरुले अत्यन्त रुचाएको र प्रतिक्षा गर्ने टिभि शो बन्न सफल भैसकेको छ । भोटको आधारमा, आन्तरिक र बाह्य, निष्कासन, खेल परिवर्तन गर्ने ट्वीस्ट, सहभागीहरुबीचमा एड्रेनालाइन, दुस्साहस, चिच्याहट आदिका साथ यो सिजन खेलाडी व्यक्तित्व, बचावट र बहादुरीको एक अन्तिम दुस्साहस बनेको दाबी गरिएको छ । हिमालय रोडिज सिजन –३ आफैले यो यहाँ के का लागि खडा भएको छ भनेर प्रमाणित गरिदिएको छ ।

सिजन २ मा रोडिज उपाधि यामाहा एफ जेड सिरिजको मोटरसाइकलहरु सवार गरेर हासिल गरिएको थियो । यही प्रक्रियालाई सिजन ३ मा पनि निरन्तरता दिइएको छ । यसपटक पनि सम्पूर्ण कार्यहरुभरी एफ जेड सिरिजका बाइकहरुले नै रोडिजहरुलाई उनीहरुले पार गरिरहेका रोमाञ्चक कार्यहरुमा साथ दिइरहेको थियो ।

यो सिजन यामाहाद्वारा प्रस्तुत प्रतियोगीहरु र तिन्का ग्याङ्ग लिडरहरुको शारीरिक तथा बौद्धिक दुवै क्षमतालाई चुनौति दिने खालको सिरिजकै सबैभन्दा कठिन कार्य गराएर सम्पन्न गरिएको थियो । ‘यामाहा एफ जेड, शोका सहभागीहरु लाई ल्याईएको कठोरता संग म्याचअप गर्ने एक सही साथि हो ।’

यो सिजन, शो को एक फरक शैलीको प्रत्यक्षदर्शी बन्यो । देशको विभिन्न स्थानबाट सहभागीहरुले अडिसनमा भाग लिने अवसर पाए, यसको श्रेय यामाहालाई पनि जान्छ किनकी यामाहाले देशको विभिन्न क्षेत्रहरुमा रहेको आफ्ना शोरुमहरुमार्फत् पनि अर्को रोडि चयन गर्नका लागि अग्रसरता देखाएको थियो । प्रतिस्पर्धा सहभागीहरु बिच मात्र नभई ग्याङ्ग लिडरहरु जो आफ्नो ग्याङ्गका सदस्यहरुसँगै कार्य गर्न प्रतिबद्ध थिए उनीहरु बिचमा पनि देखिएको थियो । यामाहा एफ जेड प्रस्तुत हिमालय रोडिज सिजन ३ तसर्थ नेपालमा अत्यन्त व्यग्रताका साथ प्रतिक्षा गरिएको, अत्यधिक सहभागीता रहेको र अत्यन्त प्रचारित शो बन्न पुगेको छ ।

‘रोडिज शो को निर्माण नै सम्भव भएसम्मका हरेक पक्ष–आध्यात्मिक, भौतिक अथवा भावनात्मक रुपमा प्रतिस्पर्धीहरुलाई चुनौती पेश गर्न र शारीरिक रुपमा उपयुक्त भएर बाँच्नका लागि गरिएको हो । यो यामाहा एफ जेड सिरिज, सडकहरुको मालिकका लागि आव्हान थियो, जसले जुनसुकै खराब स्थिती र हरेक व्यवधानमाथि जित हासिल गरेर आफ्नो सबैभन्दा राम्रो प्रस्तुती दिने गर्दछ । यो यामाहा सिरिज हो र हामी यामाहा एफ जेड प्रस्तुत हिमालय रोडिज– ब्लड, स्वेट र टियर्स को एक हिस्सा बन्न पाएकोमा गर्व गर्दछौं । हामी अझ यो भन्दा धेरै रोमाञ्चकारी एवं प्रबल सिजन लिएर आउनेछौं, प्रतिक्षा गर्दै रहनुहोस्’, एमबडब्लुका बजार प्रमुख विक्रम पौडेलले भने ।

विजेता सुजन सुबेदीले च्याम्पियनको सहचर यामाहार एफ जेड एफ आइ भि ३ का साथमा आफ्नो रोडि यात्रालाई निरन्तरता दिइनै रहने बमपनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL