Logo

सजिलो मिल्सले मंगलबारबाट अनलाईन फुड डेलिभरी शुरु गर्दै, शुरुवातामै ३५ वटा रेष्टुरेन्टसँग सम्झौता

सजिलो मिल्सले मंगलबारबाट अनलाईन फुड डेलिभरी शुरु गर्दै, शुरुवातामै ३५ वटा रेष्टुरेन्टसँग सम्झौता



काठमाडौं । व्यक्तिले चाहे अनुसारको तयारी खाना घर–घरमा पुर्याउने उद्देश्यले सजिलो मिल्स प्रालिले भोलि मंगलबारबाट सेवा ुशरु गर्ने भएको छ ।

laxmi

कम्पनीले पहिलो चरणमा काठमाडौंभित्र संचालनमा रहेका रेष्टुरेन्टहरुका खानाहरु ग्राहको स्वाद, इच्छा र रोजाई अनुसार अर्डर गरेको एक घण्टामा घरमा पुर्याउने लक्ष्य लिएको छ। हाल सम्म ३५ वटा रेष्टुरेन्ट सँग यससम्बन्धी सम्झौता भइसकेको कम्पनीले बताएको छ।

दोस्रो चरणमा घरमा तयार हुने सस्तो, गुणस्तरीय र घरेलु स्वादको खाना अफिस, कार्यालय र कर्पोरेट हाउसमा पुर्‍याउने कार्यक्रम बनाएको छ। घरमा तयार हुने खानाको लागि उपत्यका भित्र पाँच–पाँच जना महिलाको समूह बनाई पच्चीस स्थानमा खाना बनाउने केन्द्र पव्लिक प्राइभेट पार्टनरसिपमा तयार गरिनेछ।

उनीहरुलाई आवश्यक सामाग्री, तालिम र अरु सुविधा उपलब्ध गराएर रोजगारी श्रृजना गरिनेछ र घरको काम सकाएर र फुर्सदमा रहने महिला जनशक्तिलाई सक्रिय र उत्पादनशिल बनाउने प्रयास गरिने बताएको छ।

कम्पनीले लामो समय विदेशमा सेवा दिइरहेका व्यक्तिहरु मिलेर देशमा केही गरौ भनेर अनलाइन फुड डेलिभरीको कार्य प्रारम्भ गर्न गइरहेको हो।

अष्ट्रेलिया र क्यानाडाबाट फर्केका चार्टर्ड एकाउन्टेन्ट रविराज भट्टराई र इकमर्स विशेषज्ञ डा सुनिल सिंह सिंजापती तथा लण्डनमा व्यवसाय गरी फर्कका होटल व्यवसायी विष्णु बहादुर कार्की र बैंकररबीमा व्यवसायी रमेशकुमार भट्टराईको संयुक्त लगानी रहेको सजिलो मिल्सले उपत्यकावासीको मन जितेर रोजगारी श्रृजनाको साथै गुणस्तरीय कारोबार विस्तार गर्दै जाने उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL