Logo

कुल आयातको एक तिहाई विरगंज नाकाबाट भित्रियो, कोरोनाले घटायो आयात

कुल आयातको एक तिहाई विरगंज नाकाबाट भित्रियो, कोरोनाले घटायो आयात



काठमाडौं । नेपालमा विदेशबाट मालवस्तु आयात गरिने प्रमुख नाका विरगंज नाकाबाट मात्रै गत आर्थिक बर्षमा ४ खर्ब बढीको आयात भएको छ । भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार गत आर्थिक बर्षभरी विरगंज भन्सारबाट नेपालमा ४ खर्ब ११ अर्ब ३९ करोड ६५ लाख रुपैयाँ बराबरको मालवस्तु आयात भएको छ । तर अघिल्लो बर्षको तुलनामा भने उक्त नाकाबाट आउने मालवस्तुमा कमी आएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

laxmi

विभागका अनुसार अघिल्लो बर्ष उक्त नाकाबाट ४ खर्ब ९२ अर्ब ६६ करोड १ लाख रुपैयाँ बराबरको मालवस्तु आयात भएको थियो । तर उक्त नाकाबाट हुने निर्यात भने अघिल्लो बर्षको तुलनामा बढेको छ । अघिल्लो बर्ष उक्त नाकाबाट २१ अर्ब ६८ करोड २० लाख रुपैयाँ बराबरको मालवस्तु निर्यात हुँदा गत बर्ष भने बढेर ३२ अर्ब २० करोड रुपैयाँबराबरको मालवस्तु निर्यात भएको छ ।

विभागको तथ्यांक अनुसार नेपालबाट धेरै मात्रामा मालवस्तु निर्यात गर्ने नाका नै विरगंज नाका रहेको छ । तर नेपालबाट धेरै निर्यात गर्ने दोस्रो नाका भने विराटनगर नाका रहेको छ ।

विभागले जारी गरेको नयाँ तथ्यांकअनुसार विरगंज नाकापछि धेरै मालसामान भित्र्याउने नाकाको रुपमा भैरहवा नाका रहेको छ । गत आर्थिक बर्षभरी भैरहवा नाकाबाट १ खर्ब ९८ अर्ब रुपैयाँ बराबरको मालसामान आयात भएको छ ।

तथ्यांकअनुसार गत आर्थिक बर्षभरी नेपालमा ११ खर्ब ९६ करोड रुपैयाँको मालवस्त आयात भएको छ । जुन अघिल्लो आर्थिक बर्षको तुलनामा १५ प्रतिशतले कम हो । नेपालको वैदेशिक व्यपारमा गिरावट आईरहँदा आयात निरुत्साहित हुने क्रम बढ्दो छ । पछिल्लो समय आयातको व्यापार घट्दा निर्यात व्यापार उकालो लाग्ने क्रममा थियो । तर बार्षिक तथ्यांकमा भने निर्यातको व्यापारमा शुन्य दशमलव ६३ प्रतिशतले मात्रै उकालो लागेको छ ।

सरकारले आयातमुखी अर्थतन्त्रलाई निरुत्साहित गर्दै निर्यातमुखी अर्थतन्त्रलाई प्रोत्साहन गर्ने नीति लिएको छ । तर आयातमा केही गिरावट आएपनि बार्षिक प्रतिवेदनमा निर्यातको हिस्सा भने झिनो मात्रामा सुधार भएको देखिन्छ ।

यो बर्ष कोरोना कहरका कारण आयातमा ठुलो गिरावट आएको विज्ञहरु बताउँछन । विश्वभर फैलिएको कोरोना भाईरसको महामारीका कारण विश्व बजारको व्यापारचक्रमा असर पर्दा नेपालमा हुने आयातमा समेत असर परेको हो । गत बर्षको तुलनामा यो बर्ष आयात झन बढेको विभागको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL