Logo

मनकामना केबुलकारद्वारा सरकारको ध्यानाकर्षण, पर्यटन क्षेत्र खुलाउन माग

मनकामना केबुलकारद्वारा सरकारको ध्यानाकर्षण, पर्यटन क्षेत्र खुलाउन माग



काठमाडौं । मनकामना केबुलकार प्रालिले केबुलकार संचालनका लागि सरकारको ध्यानाकर्षण गराएको छ । कम्पनीले कोरोना भाइरसले पारेको प्रभाबलाई आत्मसाथ गर्दै मनकामना मन्दिर दर्शनका लागि संचालित देशकै पहिलो केबुलकार मनकामना केबुलकारले आगामीदिनहरुमाउच्च सुरक्षाका उपायहरु अपनाएर व्यवसायिक क्षेत्रहरु खुल्ला गर्नुपर्नेमा जोड दिएको छ ।

laxmi

केबुलकारले व्यवसायिक क्षेत्र खुलाउन सरकारसंग आग्रह गर्दै लामो दुरीका यातायातलाई समेत सञ्चालन गर्नुपर्ने बताएको छ । यस्तै कम्पनीले पर्यटन, धार्मिक क्षेत्र लगायतका सबै क्षेत्र खुल्ला गराउन आग्रह समेत गरेको हो ।

कोरोना कहरले निम्त्याएको संकट सामनागर्न नागरिकहरु समेत सजग र सचेत भईसकेकाले सुरक्षामा कुनै पनि कसर बाँकी नराखी अबिलम्ब पर्यटन व्यवसायिक क्षेत्र साथै धार्मिक क्षेत्र समेत खुलाउनतर्फ सरकारले चासो दिनुपर्ने जनाएको छ ।

लामो समय देखि यि प्रतिष्ठानहरु बन्दहुँदा समग्र देशको आर्थिक क्षेत्र नै धरासायीहुनपुगेकाले अर्थतन्त्रचलायमानबनाउनपनि अब सतर्कतापुर्वक यस्ता क्षेत्र संचालनहुनुपर्नेमाजोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL