Logo

चालू आबको मौद्रिक नीति : असर अनुसार कर्जाको पुर्नसंरचना र पुर्नतालिकिकरण, ब्याजलाई कर्जामा मिलान

चालू आबको मौद्रिक नीति : असर अनुसार कर्जाको पुर्नसंरचना र पुर्नतालिकिकरण, ब्याजलाई कर्जामा मिलान



काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोनाको असरको आधारमा उद्योग व्यवसायमा प्रबाह भएको कर्जाको पुर्नसंरचना र पुर्नतालिकिकरण गर्ने भएको छ । राष्ट्र बैंकले आज चालू आर्थिक बर्ष २०७७÷७८ को मौद्रिक नीति सार्वजनिक गर्दै उक्त व्यवस्था गर्न लागेको मौद्रिक नीति निर्माणमा संलग्न एक सदस्यले जानकारी दिए ।

यस अघि राष्ट्र बैंकले कर्जाको किस्ता र व्याज तिर्ने समय असार मसान्तसम्मका लागि मात्र दिएको थियो । तर त्यसले गर्दा उद्योगी व्यवसायीलाई धेरै दबाब परेको थियो । अबका दिनमा ऋणको किस्ता र ब्याज तिर्ने समय कम्तीमा असोज मसान्तसम्मलाई दिएर त्यसपछि कोरोना पछि व्यवसायमा परेको असर र व्यवसायको प्रकृतिको आधारमा समय दिईने समेत उक्त स्रोतले जानकारी दिएको छ । ‘अहिले पर्यटन, होटल, जलविद्युत, निर्यातमुलक उद्योगहरुलाई धेरै असर परेको छ,’ उक्त स्रोतले भन्यो, ‘दिर्घकालिन असर पर्ने प्रकृतिका व्यवसायलाई लामो समय दिएर कर्जाको पुर्नसंरचना र पुर्नतालिककरण गर्ने छौं ।’

साथै यस पटकको मौद्रिक नीतिले कोरोना प्रभावित व्यवसायलाई उकास्नका लागि थयासक्दो छुट तथा सुविधा दिने समेत उनले जानकारी दिए । जसका लागि कतिपय उद्योग व्यवसायमा प्रबाह भएका कर्जाको ब्याजदर समेत घटाईने भएको छ । यसैगरी मौद्रिक नीतिले ऋणीको कर्जाको किस्ता र व्याजलाई पूँजीमा मिलान गर्ने सुविधा समेत दिने भएको छ । कतिपय उद्योगी व्यवसायीहरु ऋणको किस्ता र व्याज समेत तिर्न नसक्ने अवस्थामा पुगेकाले उक्त रकमलाई थप ऋणको व्यवस्था गरेर मिलान गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL