Logo

सिभिल मलका व्यवसायीहरुले मल संचालकलाई तालचावी बुझाए, छलफलबाट जुटेन सहमति

सिभिल मलका व्यवसायीहरुले मल संचालकलाई तालचावी बुझाए, छलफलबाट जुटेन सहमति



काठमाडौं । सिभिल मलका व्यवसायीहरुले मल संचालकलाई आफ्ना स्टलको चावी बुझाउने घोषणा गरेका छन् । मल संचालकसँग लगातारको छलफलपछि पनि घर भाडामा सहमति हुन नसकेपछि सबै व्यवसायीहरुले चावी बुझाउन लागेको सिभिल मल व्यवसायी संघका अध्यक्ष रत्न घिमिरेले जानकारी दिए ।

laxmi

उनका अनुसार संचालकसँग व्यवसायीहरुले कोरोना भाईरसको महामारीको अवस्थामा घरभाडामा केही छुट दिन माग गर्दै धेरै छलफल भएको थियो । तर उक्त छलफलमा संचालकहरुले व्यवसायीको कुरा नसुनेपछि चावी नै संचालकलाई सुम्पिने घोषणा गरिएको हो । व्यवसायीहरुले सिभिल मलमै पत्रकार सम्मेलनको आयोजना गर्दै शुक्रबार दिउँसो सबै स्टलको चावी मल संचालकलाई बुझाएका हुन ।

बिहानैदेखि व्यवसायीहरु संचालकहरुसँग सकारात्मक छलफलका लागि जुटेका थिए । लगातारको छलफलपछि पनि मल संचालकले सहमति जुटाउन नसकेकाले चावी बुझाउने घोषणा गरिएको संघका अध्यक्ष घिमिरेले बिजखबरलाई जानकारी दिए । मलका व्यवसायीहरुले नेपाल व्यवसायी राष्ट्रिय महासंघसँगको सहकार्यमा तालाचावी बुझाउने निर्णय हिजो नै गरेका थिए ।

तर अझै केही सहमति जुटाउन सकिन्छकी भन्दै संचालकहरुसँग छलफल गरेका थिए । तर छलफलबाट कुनै निष्कर्ष ननिस्केपछि शुक्रबार नै तालाचावी बुझाउने निर्णय भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL