Logo

राजस्व छली गरेको आरोपमा ४० करोड बिगोसहित अदालतमा मुद्धा दर्ता, ६ किलाे सुन काण्डमा मुछिए भारतीय नागरिक

राजस्व छली गरेको आरोपमा ४० करोड बिगोसहित अदालतमा मुद्धा दर्ता, ६ किलाे सुन काण्डमा मुछिए भारतीय नागरिक



काठमाडौं । राजस्व अनुसन्धान विभागले विभिन्न फर्म,कम्पनी तथा व्यक्तिविरुद्ध राजस्व छली विरुद्ध मुद्धा दायर गरेको छ । विभागले नक्कली भ्याटबिल प्रयोग गरी राजस्व छलेको आरोपमा विभिन्न कम्पनी तथा फर्मलाई ४० करोड रुपैयाँ बिगो कायम राखेर उच्च अदालत पाटनमा मुद्धा दायर गरेको हो ।

विभागले काठमाडौं महानगर वडा नम्बर २५ को न्यू सागर प्लास्टिक कन्सर्नका प्रोपाइटर सागर किजुलाइ ३२ करोड बिगो कायम राखेर मुद्दा दर्ता गरेको छ भने नक्कली भ्याटबिल प्रयोग गरेको आरोपमा बिकोई स्काई बंगलामुखी जेभीका संचालक रोशनकुमार श्रेष्ठलाई ८ करोड बिगो राखेर मुद्दा दायर गरेको छ ।

यस्तै भारतीय नागरिक अब्दुल मजिद र लुक्मान्युल हकिमलाई ६ किलो २८९ ग्राम सुन चोरी पैठारी गरेको आरोपमा ४ करोड २२ लाख रुपैयाँ बिगो कायम राखेर उच्च अदालत हेटौडामा मुद्दा दर्ता गरेको छ भने भारतीय नागरिक शविकुमार शर्मा र पप्पु कमारलाई विदेशी मुद्रा अपचलन गरेको आरोपमा १ करोड ७५ लाख बिगो कायम राखेर उच्च अदालत बिराटनगरमा मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL