Logo

आइएमएस ग्रुपले भित्र्यायो अस्ट्रेलियाको उच्चस्तरीय बेबि ब्राण्ड ‘ड्रिमबेबी’, आइएमएस लिटिल स्माइल्स कम्पनी आधिकारिक विक्रेता

आइएमएस ग्रुपले भित्र्यायो अस्ट्रेलियाको उच्चस्तरीय बेबि ब्राण्ड ‘ड्रिमबेबी’, आइएमएस लिटिल स्माइल्स कम्पनी आधिकारिक विक्रेता



काठमाडौं । बच्चाहरुको सुरक्षाका निम्ती प्रयोग हुने विश्व प्रसिद्ध अन्तर्राष्ट्रिय ब्राण्ड ड्रिमबेबी नेपाल भित्रिएको छ । नेपालका लागि एकमात्र आधिकारिक बितरकका रुपमाआइएमएस ग्रुपअन्तर्गत आइएमएस लिटिल स्माइल्स कम्पनीले ड्रिमबेबी का सामाग्रीहरु असार ३ बाट नेपालमा भित्र्याएको हो ।

laxmi

यससँगै संसारभरि सयौं देशहरूमा फैलिएको, ड्रिमबेबीका सामानहरू अब नेपालमा पनि उपलब्ध भएका छन् । ड्रिम बेबीका सामानहरू विशेष रूपमा बच्चाहरुको हेरचाह र सुरक्षालाई मध्यनजर गरी डिजाइन गरिएका छन् । ड्रिमबेबीको सामानहरु गेट, छेक्सनी, पोटी तालिमका सामान र खुवाउने सामाग्रीहरु सामेल छन् ।

यो बेबि ब्रान्डले प्रिफर्ड च्वाइस अवार्ड, अवार्ड फर एक्सिलेन्स, टप च्वाइस अवार्ड, प्रडक्ट अफ दि इयर अवार्ड, मम्स च्वाइस अवार्ड, मम्स बेष्ट अवार्ड, आइप्यारेन्ट मिडिाय अवार्ड, नेसनल प्यारेन्टिङ प्रडक्टस अवार्ड, फ्याम्ली च्वाइस अवार्डलगायत धेरै अवार्डहरू जितेको छ ।

ड्रिमबेबीका सामानहरू आइएमएस लिटिल स्माइल्स सोरूम, सिटी सेन्टर, कमलपोखरीमा उपलब्ध हुनेछन् साथै अनलाइन डेलिभरीको लागि नेपालको एकमध्ये सबैभन्दा ठूलो अन्लाइन मेगास्टोर स्मार्टडोकोमा पनि उपलब्ध गराइनेछ । ग्राहकहरूलाई इन्ट्रोडक्टरी अफरको रूपमा ड्रिमबेबीका सामानहरूमा १०% छुट दिइने कम्पनीले जानकारी दिएको छ ।

यस्तै ग्राहकहरूले रु. ५ हजारभन्दा बढीको सामान खरिद गरेमा डाक्टरब्राउनको रु. ९८० मूल्यको ४ वटा पेसिफायर मध्य शिशुको उमेर र मनपर्ने रङ्ग अनुसार एउटा पेसिफायर प्राप्त गर्न सकिनेछ । डक्टरब्राउन अमेरिकाको उच्चस्तरीय बेबी बोतल ब्राण्ड हो । यस ब्राण्डको उत्पादनहरू बोतल, खुवाउने सामानदेखि लिएर पेसिफाइर, सिप्पि कप र अन्य धेरै छन् । अफर यहि २०७७ साल असार २१ गते सम्म मात्र रहेको बताइएको छ ।

‘नेपालमा अर्को अन्तर्राष्ट्रिय ब्रान्ड ड्रिम बेबीको वितरक प्राप्त गर्न पाउँदा हामी अत्यन्तै हर्षित र गर्व महसुस गर्दछौं । आमाबुवाको प्राथमिकता भनेको नै बालबालिकाको सुरक्षा हुन्छ, त्यसकारण हामी हाम्रा नेपाली आमाबुबाको चिन्तालाई सम्बोधन गर्ने आशाको साथ ड्रिम बेबी नेपाली बजारमा उपलब्ध गराउन पाउँदा अत्यन्त खुशी छौं’, आइएमएस ग्रुपका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत दिकेश मलहोत्राले बताए ।

आइएमएस ग्रुपको बारेमा एक स्थानीय व्यवसाियक समूह हो जसअन्तर्गत २० भन्दा बढी कम्पनीहरु रहेका छन् । आईएमएस नेपालमा सामसङ्ग स्मार्टफोनको राष्ट्रिय वितरक हो । सन् १९९८ मा आधिकारिक रूपमा मोबाइल फोन आयात गर्ने यो नेपालको पहिलो कम्पनी हो । कम्पनीले विगत २७ बर्षमा विशाल उन्नति गरेको छ, जुन आईएमएस ग्रुपको कम्पनीहरूको संख्याबाट स्पष्टसँग देख्न सकिन्छ ।

कम्पनीले लक्जरी कोरियाली अटोमोबाइल ब्रान्ड साङ्योङ्गको डिलरसिप पनि प्राप्त गरेको छ र हालसालै नेपालका लागि डक्टरब्राउन, क्रेन, हिमालय, बीबी लभ, एनर्जाइजर र डीजिआइ जस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरूको डिलरशिप पनि प्राप्त गरेको छ । यसले शिक्षा, बैंकिङ, निर्माण, कृषि र अन्य धेरैमा आफ्ना सेवाहरू विस्तार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL