Logo

सुनको मूल्य बढेसँगै बजारमा विक्री चाप, ग्राहक फर्काउँदै महासंघले भन्यो : बजारले धान्न सक्दैन

सुनको मूल्य बढेसँगै बजारमा विक्री चाप, ग्राहक फर्काउँदै महासंघले भन्यो : बजारले धान्न सक्दैन



काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले उपभोक्ताले सुन फिर्ता विक्री गर्न आएमा गर्न नसकिने प्रष्ट पारेको छ । महासंघले आईतबार एक सूचना जारी गर्दै पछिल्लो समय सुन फिर्ता विक्री गर्न आएमा किन्न नसक्ने जानकारी दिएको हो । महासंघका अनुसार सुनको मूल्य वृद्धि भएसँगै फिर्ता विक्री गर्न आउने ग्राहकको संख्यामा वृद्धि भएपछि यसलाई बजारले धान्न नसक्ने अवस्था आएको हो ।

कोरोनाको महामारीका कारण अन्तर्राष्ट्रिय मुद्रासँग नेपाली मुद्राको अवमूल्यन भएको तथा सुनमा लाग्दै आएको भन्सार राजश्व वृद्धि भएका कारण सुनको मूल्य बढेको उल्लेख गर्दै महासंघले ग्राहकहरुलाई धैर्यधारण गर्न समेत आह्वान गरेको छ ।

आइतबार बजारमा छापावाला सुन प्रतितोला ८९ हजार ६ सय रुपैंया, तेजाबी सुन ८९ हजार १ सय ६५ रुपैंयाँ तथा चाँदी ९ य ३५ रुपैंयामा कारोबार भइरहेको छ । पछिल्लो २ महिनामा ह्वात्तै सुनको मूल्य बढ्दा सुन किन्ने भन्दा बेच्नेको बढी भिड लाग्ने थालेको महासंघले जानकारी दिएको थियो ।

सामान्यतया सुन किन्ने व्यक्तिले किनेकै पसलमा सुन बेच्न लगेमा त्यस्तो सुन किनिदिने चलन थियो । तर भीड बढ्न थालेसँगै महासंघले यो अवस्था नरहेको जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL