Logo

खुले सुनचाँदी पसल, ७६ दिनको लकडाउनमा प्रतितोला साढे १० हजारले बढ्यो सुनको मूल्य

खुले सुनचाँदी पसल, ७६ दिनको लकडाउनमा प्रतितोला साढे १० हजारले बढ्यो सुनको मूल्य



काठमाडौं । सुन चाँदी व्यवसायीहरुले आफ्ना पसलहरु आईतबारदेखि संचालनमा ल्याएका छन । साढे २ महिना लामो लकडाउनपछि पुनः आजदेखि सुनचाँदी पसलहरु सँंचालन गर्दै सुनचाँदीको दरभाउ पनि प्रकाशित गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

laxmi

साढे ३ महिनापछि संचालनमा आएको सुनचाँदीको मूल्य पनि सोही अनुसार वृद्धि भएको छ । आईतबार सुनको मूल्य प्रतितोला ८७ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । जुन लकडाउन अघिको मूल्यको तुलनामा १० हजार ४ सय रुपैयाँ बढी हो ।

लकडाउनको अघिल्लो दिन सुन प्रतितोला ७७ हजार रुपैयाँमा कारोबार भईरहेको थियो । यस्तै चाँदीको मूल्य पनि आईतबार ९ सय २५ रुपैयाँ पुगेको छ । जुन लकडाउन सुरु भएको अघिल्लो दिन चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भईरहेको थियो । यसरी हेर्दा चाँदीको मूल्य लकडाउन अघिको तुलनामा प्रतितोला १ सय ९५ रुपैयाँले बढेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL