Logo

उद्योग क्षेत्रमा लकडाउनभर २ अर्ब ७४ करोडको लगानी स्विकृत, धेरै लगानी चीनबाट भित्रियो

उद्योग क्षेत्रमा लकडाउनभर २ अर्ब ७४ करोडको लगानी स्विकृत, धेरै लगानी चीनबाट भित्रियो



काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयले लकडाउनको अबधिमा मात्रै २ अर्ब ७४ करोड ९० लाख बराबरको लगानी स्विकृत भएको जानकारी दिएको छ । मन्त्रालयका अनुसार लकडाउनमा पनि लगानी भित्र्याउने विभिन्न कार्यहरु अगाडी बढाउँदा विगत एक महिनाको उक्त लगानी स्वीकृत भएको हो ।

यसमध्ये १ अर्ब ८२ करोड २० लाख स्वदेशी नयाँ लगानी र विभिन्न ११ वटा उद्योगमा ९२ करोड ७० लाख रुपैयाँ विदेशी लगानी स्वीकृत छ ।

विदेशी लगानीमा चीन, भारत, दक्षिण कोरिया, नेदरल्यान्ड र मलेसियाको लगानी स्वीकृत भएको हो । चीनबाट सबैभन्दा बढी ७ वटा उद्योगमा ७२ करोड ७० लाख लगानी भित्रिएको मन्त्रालयले जनाएको छ । बाँकी भारत, कोरिया, नेदरल्यान्ड र मलेसियाबाट ५–५ करोड लगानी भित्रिएको छ ।

यसैबीच, मन्त्रालयले एक उच्चस्तरीय औद्योगिक तथा लगानी नीति मन्च गठन गरेको छ । मन्त्री लेखराज भट्टको संयोजकत्वमा लगानी क्षेत्रका प्रतिष्ठित व्यक्ति रहने गरी मन्च गठन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL