Logo

निजी क्षेत्रको दबाब पछि तत्काल कर उठाउने निर्णयबाट पछि हट्यो सरकार, आजै सुचना जारी गर्दै

निजी क्षेत्रको दबाब पछि तत्काल कर उठाउने निर्णयबाट पछि हट्यो सरकार, आजै सुचना जारी गर्दै



काठमाडौं । सरकारले उद्योगी व्यवसायीसँग लिने करको म्याद सार्ने भएको छ । बुधबार अर्थमन्त्रालयमा नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग भएको छलफलमा मन्त्रालयले यस्तो आश्वासन दिएको हो ।

laxmi

उक्त छलफलमा अर्थसचिव शिशिर कुमार ढुंगानाले उद्योगी व्यवसायीले तिर्नुपर्ने सबै कर तिर्ने समय लम्ब्याउने आश्वासन दिएका हुन । छलफलमा अर्थसचिव ढुंगानाले मूल्य अभिवृद्धि कर र अन्तशुल्क तिर्ने समय र आयकर तिर्ने म्यादको समय सिमा फरक फरक गर्ने आश्वाशन दिएका हुन ।

नेउवा महासंघका वरिष्ठ उपाध्यक्ष गोल्छाले मन्त्रालयमा भएको छलफलमा उक्त आश्वासन पाएको र आजै सरकारले सुचना जारी गर्ने जानकारी दिए । तर यसको अनौपचारिक निर्णयको पर्खाईमा रहेको उनको भनाई छ । महासंघका वरिष्ठ उपाध्यक्ष गोल्छाको नेतृत्वमा गएको उक्त टोलीले तत्काल कर तिर्न नसक्ने प्रस्ताव राखेको थियो ।

सरकारले मंलगबार जेठ २५ गेतिभित्रै कर तिर्न ताकेता गरेपछि निजी क्षेत्र र जनस्तरबाट व्यापक दवाव भएको थियो । गोल्छाको नेतृत्वमा गएको महासंघको टोलीमा निवर्तमान अध्यक्ष पशुपति मुरारका, जिल्ला उपाध्यक्ष किशोर प्रधान र उध्योग समितिका सभापति अञ्जन श्रेष्ठको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL