Logo

लकडाउनको मोडालिटी परिर्वतन गर्न निजी क्षेत्रसँग छलफल, कस्ले के भने ?

लकडाउनको मोडालिटी परिर्वतन गर्न निजी क्षेत्रसँग छलफल, कस्ले के भने ?



काठमाडौं । सरकारले लकडाउनको मोडालिटी परिर्वतन गर्न निजीक्षेत्रसँग छलफल गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउनको मोडल परिर्वतन गर्ने सन्र्दभमा मंगलबार सिंहदरबारमा निजी क्षेत्रका पेशा व्यवसायका छाता संगठनका प्रतिनिधिसँग छलफल गरेको हो ।

laxmi

छलफलमा सहभागी विभिन्न पेशा व्यवसायका छाता संगठनका प्रतिनिधिले उद्योग संञ्चालनको व्यवस्था मिलाउन आग्रह गरेका छन । उनीहरुले अर्थतन्त्र चलायमान बनाउनेबारे तत्काल नसोच्ने हो भने कोरोना भाइरसले निम्त्याउने समस्याभन्दा भोकमरीको समस्या विकराल हुने बताएका थिए । लकडाउन लम्बिँदै जाँदा उत्पादन, बजार, उत्पादन कार्यमा सहभागी मजदुर, लगानीकर्ता सबै प्रभावित हुने भन्दै लकडाउन खुलुलो पारेर क्षेत्रगत वर्गीकरण गरी उद्योग खोल्ने वातावरण मिलाउन उनीहरुले सुझाब दिएका हुन । साथै जोखिमको स्तर हेरेर क्षेत्रगत रुपमा समय समेतको व्यवस्थापन गरी अर्थतन्त्र चलायमान बनाउन सरकारलाई आग्रह गरेका छन ।

चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ, उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला, उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष चन्द्र भण्डारी, नेपाल निर्यात व्ंयवसायी महासघका महासचिव तथा पश्मिना उद्योग संघका अध्यक्ष दुर्गाविक्रमथापा लगायतले जोखिम मुल्यांकन गरेर सुरक्षित क्षेत्र र समय छुट्याएर लडाउन खुल्ला गरी उद्योगधन्दा सञ्चालनको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन ।

चेम्बर अफ कमर्सका अध्यक्ष श्रेष्ठले लकडाउन लम्बिदै जाँदा जबरजस्ती उद्योग खोल्ने र सधैँका लागि बन्द गर्ने दुईथरीको व्यापारी देखिएको बताए । उनले सरकारले ४२ प्रकारका उद्योग सञ्चालन हुने भनेपछि आवश्यक पास उपलब्ध नहुनु, राजधानी बाहिर गएका कामदार फर्कने व्यवस्थाको साथै उत्पादन बिक्रीका लागि बजार बन्द हुँदा उद्योग सञ्चालन हुने वातावरण नभएकाले समय निर्धारण गरेर विषयगत व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन सुझाव दिएका छन ।

त्यस्तै यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले उद्योगधन्दा संञ्चालन संगै सार्वजनिक यातायातका साधन पनि संञ्चालन गर्नु अत्यावश्यक भएकाले सामाजिक दुरी कायम गरि संञ्चालनको व्यवस्था मिलाउन सुझाव दिएका छन । यातायातका सवारी साधन ७१ दिनसम्म ग्यारेजमा राख्दा विग्रने, व्याट्री खराब हुनेलगायत समस्या देखिने गरेको तथा कोरोना प्रभावितका लागि सरकारले घोषणा गरेको ऋणलगायतको राहत प्याकेजमा यातायातको विषय प्रष्ट नभएकाले स्पष्ट पार्नुपर्ने आवश्यकतातर्फ आफुले सम्बन्धीत मन्त्रालयको ध्यानाकर्षण गराएको बताए ।

नेपाल निर्यात व्ंयवसायी महासघका महासचिव तथा पश्मिना उद्योग संघका अध्यक्ष दुर्गाविक्रम थापाले कोरोको उच्च जोखिममा रहेका मुलुकहरुमा पनि विस्तारै आर्थिक क्रियाकलापहरु हुन थालेको भन्दै निर्यात उद्योग खोल्न वैदेशिक मुद्रा आर्जन गर्ने उद्योग सञ्चालन हुने वातावरण मिलाउन आग्रह गरेका छन । उनले उद्योग खोल्ने वातावरण भएन भने कोरोना भन्दा ठूलो समस्या भोकमरीको निम्तने भएकाले रेड, एल्लो र ग्रिन जोन गरि क्षेत्र छुट्याएर उद्योग संञ्चालको वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए ।

साथै उनले एउटा उद्योगलाई एउटा मात्रै पास दिएर काम गर्न नसकिने भन्दै थप ब्यवस्था मिलाउनसमेत आग्रह गरेको बताए । लकडाउनको मोडालिटिलाई ब्यवहारिक बनाउनु पर्ने, निश्चतसमयको लागि उद्योगसम्म आउजाउ गर्न ब्यवस्था गर्नु पर्नेलगायतको सुझाव दिएको थापाले जानकारी दिएका छन । छलफलमा उद्योग मन्त्री परराष्ट्रमन्त्री तथा समितिका संयोजक इश्वर पोखरेललगायतका सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL