Logo

सेल पे र आई पे रेमिटबीच सम्झौता, सेल पे प्रयोगकर्ताले पठाएको रकम आई पे रेमिटबाट प्राप्त गर्न सकिने

सेल पे र आई पे रेमिटबीच सम्झौता, सेल पे प्रयोगकर्ताले पठाएको रकम आई पे रेमिटबाट प्राप्त गर्न सकिने



काठमाडौं । आई पे रेमिट र सेल पेबीच विप्रेषण कारोबार सम्झौता भएको छ । आई पे रेमिटका तर्फबाट कार्यकारी निर्देशक ईन्द्र प्रसाद शर्मा र सेल पेका तर्फबाट प्रबन्ध निर्देशक पवन प्रधानले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

अब उप्रान्त सेल पे प्रयोगकर्ताहरुले डिजिटल माध्यमद्वारा आन्तरिक विप्रेषण गरी पठाएको रकम नेपालभर छरिएर रहेका ७५०० भन्दा बढी आई पे रेमिटका भुक्तानी काउन्टरबाट सजिलै प्राप्त गर्न सक्नेछन् । यसका लागी वालेटको आवश्यकता नपर्ने र विप्रेषण वापतको रकम सेल पेमा आवद्घ भएका बैंक खाताबाट स्वतरडेबिट हुनेछ ।


आई पे रेमिटले विगतदेखि विश्वका विभिन्न मुलुकबाट विप्रेषण रकम नेपाल भित्राईरहेको छ । साथै, विदेशबाट नेपालमा रहेका बैंक तथा वित्तीय संस्थामा रियल टाईम बैंक एकाउन्ट डिपोजिटको व्यवस्था पनि गरेको छ ।

अहिलेको विषम परिस्थिति (कोभिड–१९) मा पनि डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै रियल टाईम एकाउन्ट डिपोजिट र विभिन्न वालेट कम्पनीहरुसँग सहकार्य गरी कारोबार गरिरहेको कुरा आई पे रेमिटका बजार प्रमुख रुप नारायण श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL