Logo

मुक्तिनाथ क्यापिटलको सिईओमा जोशी नियुक्ति, दुई दशकभन्दा बढीको अनुभव

मुक्तिनाथ क्यापिटलको सिईओमा जोशी नियुक्ति, दुई दशकभन्दा बढीको अनुभव



काठमाडौं(जस)–मुक्तिनाथ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतकमा कविन्द्र विक्रमध्वज जोशीलाई नियुक्त गरेको छ । बिहीबार उनले मुक्तिनाथ क्यापिटलका अध्यक्ष सीताराम काफ्लेलेबाट पदभार ग्रहण गरेसँगै जिम्मेवारी सम्हालेका छन् ।

यसअघि जोशी एनआईविएल एस क्यापिटलका महाप्रबन्धकको रुपमा कार्यरत थिए । उनले एनआइडिसि क्यापिटल, एस क्यापिटल, ग्रोमोर मर्चेन्ट बैंकिङलगायत मर्चेन्ट बैकिङ क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव रहेको छ ।

मुक्तिनाथ विकास बैंकको सहायक कम्पनीको रुपमा स्थापित मुक्तिनाथ क्यापिटल लिमिटेडले डिम्याट, पिएमएस, सेयर रजिष्टर, इस्यु मयानेजमेन्ट, अण्डरराइटिङलगायतका मर्चेन्ट बैकिङ सम्बन्धी सम्पूर्ण कार्य गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL