Logo

उद्योग, व्यवसाय सञ्चालन गर्न दिने सरकारको निर्णयको परिसंघद्धारा स्वागत, पास वितरणलाई थप व्यवस्थित बनाउन आग्रह

उद्योग, व्यवसाय सञ्चालन गर्न दिने सरकारको निर्णयको परिसंघद्धारा स्वागत, पास वितरणलाई थप व्यवस्थित बनाउन आग्रह



काठमाडौं । लकडाउनलाई जारी राख्दै उद्योग धन्दा खोल्ने दिने सरकारको निर्णयलाई नेपाल उद्योग परिसंघले स्वागत गरेको छ । यसबाट सामान्य रुपमा भए पनि औद्योगिक गतिविधी बढ्न गई अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने परिसंघको विश्वास रहेको छ ।

laxmi

परिसंघले सञ्चालनमा आउने उद्योग व्यवसायहरुलाई आवश्यक स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको अनुशरण गर्नसमेत आग्रह गरेको छ । यसैगरी आंशिक खुला गरिएका व्यवसाय सञ्चालनका लागि आवश्यक सवारी आवतजावत तथा हिड्डुलका लागि अनुमति पत्र अर्थात पास वितरणलाई थप व्यवस्थित बनाउनसमेत परिसंघले सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

संक्रमणको जोखिमको आधारमा सम्पूर्ण देश, प्रदेश र स्थानीय तहलाई तीन अलग अलग क्षेत्र अर्थात् जोनमा बाँडेर थप कडाई र खुला गर्दै लैजाने काम अघि बढाउन परिसंघले सरकारलाई आग्रह गरेको छ । रेड, अरेन्ज र ग्रीन जोनमा बाँडेर जोखिमको स्तर निर्धारण गरी संक्रमण नियन्त्रणमा थप काम गर्न सकिने र कम जोखिमका क्षेत्रमा थप खुला गर्दै लैजाँदा स्वास्थ्य र आर्थिक संकटबाट हुने क्षति कम गर्न सकिने भएकाले परिसंघले यसतर्फ ध्यान दिन सरकारलाई आग्रह गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL