Logo

बैशाख २६ बाट देशभरका उद्योग संचालनमा ल्याउने मन्त्रिपरिषदको निर्णय, जोखिमको आधारमा उद्योगको बर्गिकरण गरिने

बैशाख २६ बाट देशभरका उद्योग संचालनमा ल्याउने मन्त्रिपरिषदको निर्णय, जोखिमको आधारमा उद्योगको बर्गिकरण गरिने



काठमाडौं । सरकारले बैशाख २६ गतेबाट देशभरका उद्योग संचालनमा ल्याउने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैंठकले जारी लकडाउनलाई जेठ ५ गतेसम्म थप गरेपनि उद्योग भने संचानमा ल्याउने निर्णय गरेको हो ।

बैंशाख २६ गतेबाट उद्योगहरु संचानमा ल्याउने निर्णय भएको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ गुरुङले बताए । ‘आज बसेको मन्त्रिपरिषद बैंठकले २६ गतेबाट सबै देशभरका उद्योगहरु संचानमा ल्याउने निर्णय गरेको छ तर यस विषयमा छुटटै मोडालिटी बनाईने छ,’ उनले भने ।

देशको अर्थतन्त्र चलायमान बनाउन सरकारले उच्च सतर्कता अपनाएर उद्योग कलकारखाना खोल्न दिने निर्णय गरेको हो । तर पहिलो चरणमा केकस्ता उद्योगहरु संचनमा ल्याउने भन्ने विषयमा क्षेत्रगत रुपमा निर्धारण गरिने भएको छ ।

यस अघि उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पहिलो चरणमा खाद्यान्न तथा अन्तयावश्यकीय उद्योगहरु संचालनमा ल्याईने बताएका थिए । तर त्यस्ता उद्योगहरुमा पनि कोरोना संक्रमण र कोरोनाको जोखिमलाई उच्च सतर्कता अपनाएर मात्र संचालनमा ल्याउन दिईने भएको छ । सरकारले खाद्यान्न तथा अत्यावश्यकीय, निर्माण र निर्यात गरी उद्योगलाई तीन चरणमा बर्गिकरण गरी खुला गर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL