Logo

तीन चरणमा उद्योग संचालनमा ल्याउने सरकारको तयारी, यस्ता उद्योग खुल्नेछन् पहिलो चरणमा

तीन चरणमा उद्योग संचालनमा ल्याउने सरकारको तयारी, यस्ता उद्योग खुल्नेछन् पहिलो चरणमा



काठमाडौं । सकारले उद्योग व्यवसायलाई तीन चरणमा विभाजन गरेर संचालनमा ल्याउने भएको छ ।

पछिल्लो समय सरकारले लकडाउनलाई खुकुलो बनाउँदै लैजान मोडालिटी बनाईरहँदा उद्योगलाई व्यवसायलाई तीन भागमा विभाजन गरेरे संचालनमा ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले जानकारी दिए ।

भट्टका अनुसार पहिलो चरणमा खाद्यान्न र दैनिक उपभोग्य बस्तुहरु उत्पादन गर्ने उद्योग संचालनमा ल्याईने भएको छ । दैनिक जिबनयापनलाई सहज बनाउ र अर्थतन्त्र चलायमान बनाउनका लागि दैनिक उपभोग्य र खाद्यान्न उद्योग संचालनमा ल्याउन लागेको हो । ‘उद्योगलाई कसरी संचालनमा ल्याउने श्रमिकलाई कसरी काममा लगाउने भन्ने विषयमा सम्मद्ध उद्योगी र मजदूर युनियनका नेतृत्वहरुसँग छलफल भैरहेको छ,’ उनले भने, ‘विशेष सुरक्षा सावधानी अपनाएर मात्रै उद्योग व्यवसाय संचालनमा ल्याउनेछौं ।’

यसैगरी सरकारले दोस्रो चरणमा विकास निर्माण सम्बन्धी उद्योग व्यवसायलाई संचालनमा ल्याईने भएको छ । हाल कोरोना पछिको लकडाउक कारण विकास निर्माणका कार्य ठप्प भएका कारण त्यसलाई दोस्रो चरणमा संचालनमा ल्याइने भट्टले जानकारी दिए ।

उनका अनुसार तेस्रो चरणमा निर्यातजन्य उद्योगलाई संचानमा ल्याईने भएको छ । सरकारको पहिलो प्राथमिकता मानव स्वास्थ्य भएकाले अवस्था हेरी चरणवद्ध रुपमा उद्योग व्यवसाय संचालनमा ल्याइने समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL