Logo

मे दिवशमा महासंघ अध्यक्ष राणा र उपाध्यक्ष ढकालको शुभकामना, रोजगारदाता र श्रमिक एक भएर अघि बढ्न आग्रह

मे दिवशमा महासंघ अध्यक्ष राणा र उपाध्यक्ष ढकालको शुभकामना, रोजगारदाता र श्रमिक एक भएर अघि बढ्न आग्रह



काठमाडौं । १३१ औ अन्तरराष्ट्रिय मे दिवसको अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र महासंघको उपाअध्यक्ष तथा रोजगारदाता परिषदका सभापति चन्द्र प्रसाद ढकालले शुभ–कामना व्यक्त गरेका छन ।

अध्यक्ष राणले आफ्नो शुभकामनामा कोरोना भाईरसले विश्वमा महामारी फैलिएको अवस्थामा उद्योग व्यवसाय ठप्प रहेको र अर्थतन्त्रका महत्वपूर्ण आधारहरू, विप्रेषण, पर्यटनलगायतका सेवा क्षेत्र नराम्ररी थलिएको बताएका छन ।

उनले आफ्नो शुभकामनामा अझै पनि निकै ठूलो चुनौती रहेको र पहिलो प्राथमिकता मानव जीवनको सुरक्षा रहेको बताएकी छिन । उनले भनिन, ‘हामी सवै एकजुट भई कोभिड १९ लाई परास्त गर्ने अभियानमा छौ । चाडैनै यो महामारी नियन्त्रणमा आउने हामीले आशा गरेका छौ । सम्भावित चुनौतीसँग लड्न यतिखेर सरकार, निजी क्षेत्र, श्रमिक कामदार कर्मचारीहरू सहित सिंगो मुलुकनै एक ढिक्का भएर लागेको छ ।’

अर्थतन्त्रलाई पहिलेकै अवस्थामा ल्याउन आगामी दिनमा अझ बढी समझदारी र सहकार्यका साथ काम गर्नुपर्ने आवश्यकता र चुनौती रहेको उनको भनाई छ । त्यस्तै रोजगारदाता परिषदका सभापति ढकालले भने विश्वनै नोवेल कोरोना भाइरस (कोभिड १९) को महामारीको संकटबाट गुज्रिरहेको अवस्थामा नेपालसमेत अछुतो नरहेकाले यसबाट बच्न र बचाउन आग्रह गरेका छन ।

अन्तराष्ट्रिय मुद्रा कोषले अप्रिल २०२० मा सार्वजनिक गरेको वल्ड इकोनोमिक आउटलुक अनुसार कोरोनाको विश्वव्यापी महामारीका कारण सन् २०२० मा विश्व अर्थतन्त्र ३.० प्रतिशतले संकुचन आउने प्रक्षेपण गरेको छ । केही दिन अघिमात्रै केन्द्रीय तथ्याङ्क विभागले नेपालको आर्थिक वृद्धिदर २.२७ प्रतिशत हुने अनुमान गरेकामा उक्त प्रक्षेपण प्रारम्भिक मात्र भएको ढकालको भनाई छ ।
उनले भने, ‘कोरोनाको असर बढ्दै गएमा र बन्दाबन्दीको समय लम्बिँदै गएमा यो दर अझ तल झर्ने निश्चित छ ।’

लकडाउनका कारण उद्योग, व्यवसाय र कलकारखानाहरू बन्द रहेको र रेमिटान्ससमेत घट्दो दरमा रहेकाले स्वदेश तथा विदेशमा रहेका नेपाली श्रमिकहरु रोजगारीबाट टाढिँदै गएको उनको भनाई छ । कोरोनाकै कारण मानिसहरूले भोकमरी र खाद्य संकटको सामना गर्नु पर्ने र विश्व अर्थतन्त्र पुनः एकपटक दीर्घकालीन रूपमा थला पर्ने उनको बुझाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL