Logo

सरकारले थप्यो कर तिर्ने समय, कर निर्धारण चित्त नबुझे लकडाउन खुलेको १५ दिनभित्र आवेदन दिन सकिने

सरकारले थप्यो कर तिर्ने समय, कर निर्धारण चित्त नबुझे लकडाउन खुलेको १५ दिनभित्र आवेदन दिन सकिने



काठमाडौं । सरकारले कर तिर्ने समयावधि बढाएको छ । कोरोना पछिको लकडाउनका कारण सकारले चैत र वैशाख महिनामा भुक्तानी गर्नुपर्ने करको तिर्ने समयावधि २५ जेठसम्मका लागि बढाएको हो ।

यहि बैशाख १४ गते बसेको मन्त्रिपरिषदको बैंठकले कर तिर्ने समयावधि थप १ महिनाका लागि पछि सारेको हो । यस अघि चैत १६ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले कर तिर्ने समय बैशाख २५ गतेसम्मका लागि सारेको थियो ।

जस अनुसार मूल्य अभिवृद्धि कर ऐनअनुसार फागुन र चैत महिनाको मासिक, २०७६ साल माघ र फागुन महिनाको द्विमासिक र दोस्रो चौमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण तथा ती विवरण बमोजिमको कर दाखिला गर्ने म्याद जेठ २५ सम्म सरेको हो ।

यस्तै मूल्य अभिवृद्धि कर फिर्ता प्रयोजनका लागि मूल्य अभिवृद्धि ऐनअनुसार कर फिर्ताका लागि दिन पाउने निवेदन अवधि सकिएपछि पनि २५ जेठसम्म थप गरिएको छ भने अन्तशुल्क ऐनअनुसार २०७६ साल फागुन र चैत महिनाको बुझाउनु पर्ने विवरण तथा ती विवरण बमोजिमको अन्तशुल्क दाखिला गर्ने अवधि २५ जेठसम्म सरेको छ ।

सरकारको निर्णय अनुसार आयकर ऐनअनुसार फागुन र चैत महिनाको बुझाउनु पर्ने अग्रिम कर कट्टी र अग्रिम कर असुलीको विवरण बुझाउने म्याद तथा रकम समेत २५ जेठसम्म बुझाउन सकिने भएको छ । आर्थिक ऐनअनुसार फागुन र चैत महिनाको शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क तथा दूरसञ्चार सेवा दस्तुर बुझाउने म्याद समेत २५ जेठसम्मका लागि थपिएको छ ।

साथै कर अधिकृतले गरेको कर निर्धारण उपर चित्त नबुझे कर पुनरावलोकनका लागि दिन सकिने म्याद समेत लकडाउन सकिएको १५ दिनसम्म थप हुने निर्णय सरकारले गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL