Logo

महिन्द्रा अग्नि ग्रुपले तीन दिने अनलाइन फिटनेस गर्दै, कार्यक्रमको सञ्चालन पूर्व मिस नेपाल शृङ्खला खतिवडाले गर्ने

महिन्द्रा अग्नि ग्रुपले तीन दिने अनलाइन फिटनेस गर्दै, कार्यक्रमको सञ्चालन पूर्व मिस नेपाल शृङ्खला खतिवडाले गर्ने



काठमाडौं । अग्नि ग्रुपले अनलाइन सेवामार्फत् स्वास्थ्यसम्बन्धी अभियान सञ्चालन गरिरहेको जनाएको छ ।

जसअन्तर्गत आगामी तीन दिन आम नागरिकहरूलाई महिन्द्रा नेपाल–अग्नि ग्रुपको फेसबुक पेजमार्फत् प्रामाणिक परिवर्तनकारी प्रशिक्षक (होलिस्टिक ट्रान्सफर्मेसनल कोच) प्रेरणा शाहबाट अन्तक्रिर्यात्मक तथा चिन्तनयोग्य प्रत्यक्ष संवाद गर्ने जनाएको छ ।

वैशाख १९ शुक्रबारदेखि २१ गते आइतबारसम्म हरेक दिन ४ बजेदेखि ५ बजेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।

यो प्रत्यक्ष संवाद कार्यक्रमले मानिसहरूलाई आफ्नो वर्तमान जीवन शैली, योगासन, प्राणायाम एवं मानसिक तथा शारीरिक स्वास्थ्यसहित जीवनका सबै क्षेत्रमा आफूले खोजेको जवाफ हासिल गर्न मद्दत पुग्ने जनाइएको छ । कार्यक्रमको सञ्चालन पूर्व मिस नेपाल शृङ्खला खतिवडाले गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL