Logo

सरकारलाई स्टार्टअपहरुको ७ बुँदे सुझाव, कोरोनामा व्यवसाय जोगाउन सहुलियत कर्जा दिन माग

सरकारलाई स्टार्टअपहरुको ७ बुँदे सुझाव, कोरोनामा व्यवसाय जोगाउन सहुलियत कर्जा दिन माग



काठमाडौं । स्टार्टअपहरुले कोरोना महामारीबाट उद्योग व्यवसाय बन्द हुन पुगी धराशयी अवस्थामा पुगेको भन्दै राहतका प्याकेज ल्याउन सरकारसँग माग गरेको छ ।

laxmi

हाल नेपालमा संचालनमा रहेका स्टार्टअपहरुले सरकारसँग संयुक्त रुपमा ७ बुँदे माग राखेका छन् । कोभिड १९ को महामारीले सिर्जना गरेको आर्थिक सामाजिक अवरोधहरुको सन्दर्भमा नेपालका स्टार्टअप कम्पनीहरुको लागि अत्यावश्यक भएको आपतकालीन व्यवस्थापनका लागि राहतका प्याकेज ल्याउन माग गरेको हो ।

प्रारम्भिक चरणमा रहेका स्टार्टअप कम्पनीहरुमा बन्द हुने जोखिम बढेको र बजारमा बलियो उपस्थिति भएका स्थापित स्टार्टअपहरुको पनि नगदको मौज्दातमा कमी आएकाले यसलाई स्थायीत्व दिनका राहतका प्याकेज ल्याउन माग गरेको हो ।

साथै व्यवसायहरुलाई बन्द हुन नदिनका लागि ब्याजदरलाई घटाउने, कम ब्याजदरको ऋणमा पहुँच प्रदान गर्ने, कर मिनाहा गर्ने, कार्यालयको भाडालाई मिनाहा गर्ने, कर्मचारीहरुलाई तलब प्रदानजस्ता माग राखेका छन् ।

स्वदेशमै रोजगारी सिर्जना गरी देशलाई आर्थिक समृद्धितर्फ लैजान सरकारले संकटको अवस्थामा विभिन्न राहतका कार्यक्रम सहित सहुलियत कर्जामा पहुँज दिएर स्टार्टअपहरुलाई जोगाउनु पर्ने आन्ट्रपनर्स नेपालका अध्यक्ष प्रकाश तिवारीले बताए । ‘सरकारले केही बर्षयता बजेटमार्फत नै नयाँ उद्यमीहरुलाई सहयोग गर्नका लागि स्टार्टअप फण्डनै ल्याएको छ तर हालसम्म प्रयोगमा आउने सकेको छैन,’ तिवारीले भने, ‘यदि राज्यले स्टार्टअपलाई जोगाएर देशभित्रै रोजगारी सिर्जना गर्ने हो भने त्यस्ता फण्ड परिचालन गरेर विषम परिस्थितीमा जोगाउनु पर्छ ।’

साथै स्टार्टअपहरुलाई परियोजना धितोमा सहुलियत कर्जामा समेत पहुँच दिनुपर्ने उनको भनाई थियो । ‘पछिल्लो समय नेपालमा स्थापित स्टार्टअपहरुले सरकारले लिएको डिजिटल नेपालको परिकल्पनालाई सहयोग गर्नेदेखि नयाँ नयाँ इनोभेशनका काम गरिरहेको छन्, ’ उनले भने, ‘यदि सरकारले देशमा रोजगारी सिर्जना गरेर युवालाई वैदेशिक रोजगारीमा जान पलायन हुनबाट रोक्ने हो भने स्टार्टअप फण्डको रकमदेखि सहुलियत कर्जा दिएर संरक्षण गर्नुपर्छ ।’


प्रतिक्रिया दिनुहोस्
MBL