Logo

लकडाउन अबधिभर कर्मचारीलाई तलब दिन सबै व्यवसायी सहमत, निजी क्षेत्र सम्मिलित कार्यदल गठन

लकडाउन अबधिभर कर्मचारीलाई तलब दिन सबै व्यवसायी सहमत, निजी क्षेत्र सम्मिलित कार्यदल गठन



काठमाडौं । लकडाउन अबधिभर उद्योग प्रतिष्ठानमा कार्यरत श्रमिकलाई तबल दिनका लागि सबै उद्योगी व्यवसायीहरु सहमत भएका छन् ।

आईतबार दिउँसो सबैजसो निजी क्षेत्रका संगठन र सरकारबीच भएको बैठकले उद्योग प्रतिष्ठानका कार्यरत श्रमिकलाई लकडाउन अबधिभर पारिश्रमिक दिने निर्णय गरेको हो ।

साथै बैठकले लकडाउनका कारण बन्द भएका उद्योगहरु सञ्चालनका लागि सम्पूर्ण उद्योगहरुलाई ३ चरणमा वर्गीकरण गरि उद्योग सञ्चालन गर्न उच्च स्तरीय समितीमा प्रस्ताव लैजाने निर्णय समेत गरेको छ ।

यसैगरी उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको आयोजनामा आईतबार, उद्योग वाणिज्य महासंघ,
नेपाल चेम्बर अफ कमर्स, उद्योग वाणिज्य परिसंघ, घरेलु तथा साना उद्योग महासंघ लगायतका प्रतिनिधीहरु सम्मिलित बैठकले लकडाउन अबधिभरको श्रमिकलाई पारिश्रमित दिन सहमति गर्नुका साथै स्वदेशमै रोजगारी सिर्जना गर्न कार्यदल गठन गरेको छ ।

वैठकले कोभिड १९ का कारण विश्वभरी रहेका नेपाली युवाहरुले रोजगारी गुमाएर स्वदेश फर्किएको अवस्थामा उत्पादनशील उद्यमशिलतामा सहभागी गराउन विशेष योजना तयार गर्न वाणिज्य मन्त्रालयको औद्योगिक लगानी तथा प्रर्वद्धन महाशाखा प्रमुखको संयोजकत्वमा कृषि तथा पशुपंक्षी, अर्थ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि तथा उद्योगका छाता संगठनका प्रतिनिधी सहितको कार्यदल गठन गर्ने निर्णय गरेको हो । साथै उक्त कार्यदललाई १५ दिन भित्र सुझाव सहितको प्रतिवेदन पेश गर्न समेत निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL