Logo

औषधि उत्पादकलाई स्वास्थ्य मन्त्री ढकालको आब्हान, देशलाई आत्मनिर्भर बनाउन लाग्नुस सरकार साथमा छ

औषधि उत्पादकलाई स्वास्थ्य मन्त्री ढकालको आब्हान, देशलाई आत्मनिर्भर बनाउन लाग्नुस सरकार साथमा छ



काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अत्यावश्यक औषधिहरूको उत्पादनमा नेपाल आत्मनिर्भर बन्नुपर्ने बताएका छन ।

आइतबार मन्त्रालयमा देउराली जनता फर्मास्यूटिकल्स प्रालिबाट प्राप्त १ लाख ५० हजार थान हाइड्रोक्सीक्लोरोक्वाइन सल्फेट ट्याब्लेट लिँदै मन्त्री ढकालले भोलिका दिनमा नेपालमा चाहिने अत्यावश्यक औषधिहरूमा आत्मनिर्भर हुन नेपालमै औषधि उत्पादन गर्नु पर्ने बताएका हुन ।

उनले सम्पूर्ण औषधि व्यवसायीहरूले आफ्नो उत्पादन बढाउनु पर्ने भन्दै त्यसका लागि आवश्यक वतावरण तयार गर्नका लागि सरकारले सहयोग गर्ने बताए । उनले भने, ‘औषधिहरू पर्याप्त उत्पादन गर्नुस, उत्पादन गर्ने कुरामा कठिनाइ छन भने ती कठिनाइ हटाउनका लागि सरकार तपाइँहरूको साथमा हुन्छ ।’

‘तपाइँहरू जस्तै व्यवसायी जो यो क्षेत्रमा लाग्नु भएको छ, राज्यले उहाँहरूको संरक्षण तथा विकास गर्न सहयोग पुर्याउने र परनिर्भरताको यो विषयबाट माथि उठ्ने यो योजनाका साथी लाग्छौँ’, मन्त्री ढकालले भने, ‘अप्ठ्योमा सहयोग गर्नुभएको छ यो प्रति त आभार नै छ । भोलिको दिनहरूका लागि पनि औषधि उत्पादन बढाउनेगरी लाग्नुस सरकार पूर्ण रूपमा तपाइँहरूको साथमा छ ।’

सबै मन्छेहरूको परीक्षा अफ्ठेरोमा हुने भन्दै सजिलो बेलामा बोक्ने र सहयोग गर्नेहरू धेरै पाइने भए पनि अफ्ठेरो बेलामा राज्यको ठाउँमा हामी पनि साथै छौँ भन्ने मान्छेहरू कम मात्र हुने मन्त्री ढकालको भनाई छ । औषधि हस्तान्तरणमा फर्मास्यूटिकल्सका कार्यकरी निर्देशक हरिभक्त शर्माले आफू सधैँ सरकारसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए । उनले कोरोनाको विपद् सुरूभए लगत्तै विभिन्न सहयोग गरेको बताउँदै सरकारसँग हातेमालो गर्दै अघि बढ्ने बताएका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL