Logo

शुक्रबार उपत्यकामा साढे ८ हजार ग्यास वितरण गर्दै निगम, ग्यास नपाए यी नम्बरमा गर्नुस फोन

शुक्रबार उपत्यकामा साढे ८ हजार ग्यास वितरण गर्दै निगम, ग्यास नपाए यी नम्बरमा गर्नुस फोन



काठमाडौं । नेपाल आयल निगमले शुक्रबार काठमाडौं उपत्यकामा ८५ वटा डिपोमार्फत ८ हजार ५२० सिलिण्डर ग्याँस वितरण गर्ने भएको छ ।

laxmi

निगम अन्तरगत ओम ग्याँसको २ हजार ४० र एचपी ग्याँस ६ हजार ४ सय ८० सिलिण्डर बितरण गर्न लागेको हो । खाना पकाउने ग्याँसको अभाव झेलिरहेका उपभोक्ताहरुलाई सहज बनाउन उपत्यकामा उक्त संख्यामा ग्यास वितरण गर्न लागेको निगमले जानकारी दिएको हो ।

नेपाल आयल निगमकाअनुसार काठमाडौं उपत्यकासहित अन्य सबै जिल्लाहरुमा वितरण गरिने ग्याँसको विवरण सबै उद्योगले निगममा पठाएका छन् । यस्तै नेपाल ग्याँस कम्पनी अन्तरगतको नारायणीबाट ४ हजार १ सय ४१ सिलिण्डर ग्याँस देशभर वितरण गर्ने भएको छ ।

यस्तै उपत्यकासहितका विभिन्न जिल्लाका ६ वटा डिलरमार्फत २ हजार ५७९ सिलिण्डर एचपी ग्याँस पनि शुक्रबार वितरण हुने निगमले जानकारी दिएको छ । उपभोक्ताहरुले एलपी ग्याँस नपाए सिधै निगमको हटलाईन ११४६ तथा टोल फ्रि नम्बर १६६००११००२८ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL