Logo

कोरोना रोकथाम कोषमा आयल निगमको ५० करोड, चेकमार्फत बिहिबारै गर्यो हस्तान्तरण

कोरोना रोकथाम कोषमा आयल निगमको ५० करोड, चेकमार्फत बिहिबारै गर्यो हस्तान्तरण



काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल आयल निगमले ५० करोड रुपैयाँ सहयोग गरेको छ ।

laxmi

कोरोना भाइरसको संक्रमणबाट बचाउन तथा यसको महामारीको विपत्तिसँग लड्न नेपाल सरकारले गरेको र गर्ने प्रयासमा सघाउन प्रतिबद्ध रहेको भन्दै आयल निगमले सरकारले खडा गरेको कोषमा ५० करोड रुपैयाँ सहयोग गरेको हो ।

५० करोड रुपैयाँ बराबरको चेक बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई हस्तान्तरण गरेको निगमले जनाएको छ ।

विगतमा पनि निगमले राष्ट्रिय आवश्यकता, प्राकृतिक विपत्ती, भूकम्प, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपको समयमा आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व बोध गर्दै राहात र सहयोग गर्दै आएको बताएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL