Logo

अरुण तेस्रो परियोजनाद्वारा जिल्ला अस्पताल खाँदबारीलाई १ करोडको स्वास्थ्य सामग्री हस्तान्तरण

अरुण तेस्रो परियोजनाद्वारा जिल्ला अस्पताल खाँदबारीलाई १ करोडको स्वास्थ्य सामग्री हस्तान्तरण



काठमाडौं । अरुण तेस्रो परियोजनाले संखुवासभाको जिल्ला अस्पताल खाँदबारीलाई १ करोड ५ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै ९ सय मेगावाटको निर्माणाधीन अरुण तेस्रो जलविद्युत् परियोजनाले अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

laxmi

भारतीय निर्माण कम्पनी सतलजले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण, रोकथाम र स्वास्थ्यकर्मीको सुरक्षाका लागि अस्पताललाई दुई थान भेन्टीलेटर, ३ थान आईसीयू बेड, १ थान प्यासेन्ट मनिटर, ३ थान, सेनिटाइजर, मास्क, पीपीईलगायतका स्वास्थ्य सामग्री सहयोग भएको जिल्ला अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यले बताए । भेन्टिलेटर सुविधा भएको जडान हुने संखुवासभा पहिलो पहाडी जिल्ला भएको छ ।

मंगलबार एक कार्यक्रमकाबीच १ करोड ५ लाखको स्वास्थ्य सामग्री सतलज कम्पनी तुम्लिङटारका कार्यकारी निर्देशक अरुन भिमानले अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यलाई हस्तान्त्रण गरेका हुन । सतलज कम्पनीले दिएको औजार र उपकरणले आगामी दिनमा कोरोनालगायत अन्य बिरामीको उपचारमा सहज हुने अध्यक्ष शाक्यले बताए ।

जिल्ला अस्पतालमा आधुनिक औजार उपकरण नहुँदा सामान्य श्वासप्रश्वासका बिरामीलाई समेत अन्यत्रै रिफर गर्नुपर्ने अवस्था रहेको थियो । अब जिल्ला अस्पताल खाँदबारीमै उपकरण भएपछि स्वास्थ्यकर्मीलाई आवश्यक तालीम उपलब्ध गराई सेवा सञ्चालन तत्कालै गरिने अस्पतालले जानकारी दिएको छ । आईसीयू र भेन्टीलेटर सेवा सञ्चालनपछि जटिल रोग भएका बिरामीको उपचारमा सहजता आउने अध्यक्ष शाक्यको भनाइ छ/रासस

प्रतिक्रिया दिनुहोस्
MBL