Logo

राष्ट्र बैंकको सर्कुलर, चैत मसान्तमा बैंकको किस्ता बुझाउदा १० प्रतिशत छुट

राष्ट्र बैंकको सर्कुलर, चैत मसान्तमा बैंकको किस्ता बुझाउदा १० प्रतिशत छुट



काठमाडौं । चैत मसान्तमा बैंकको किस्ता बुझाउँदा ऋणीहरुले छुट पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आईतबार सुर्कलर जारी गर्दै चैत मसान्तमा बुझाउनुपर्ने मासिक र त्रैमासिक किस्ता बुझाउने ऋणीलाई ब्याजमा १० प्रतिशत छुट दिने निर्णय गरेको हो ।

राष्ट्र बैंकले कोरोना भाइरसको कारण अर्थतन्त्रमा परेको समस्यालाई राहत प्याकेजको घोषणा गर्दै उक्त व्यवस्था गरेको हो । जस अनुसार चैतमा तिर्नुपर्ने किस्ता र व्याज तिरेमा ऋणीले १० प्रतिशत छुट हुने व्यवस्था गरेको हो

ऋणीले ब्याज रकममा १० प्रतिशत छुट पाउने छन् । सो छुट बैंकको न्यूनतम आधारदरभन्दा तल भने हुने छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL