Logo

कोरोनाका लागि किष्ट मेडिकल कलेजले ६० बेडको डेडिकेटेड आईसोलेशन तथा २२ बेडको आईसियू कक्षमार्फत सेवा प्रदान गर्दै

कोरोनाका लागि किष्ट मेडिकल कलेजले ६० बेडको डेडिकेटेड आईसोलेशन तथा २२ बेडको आईसियू कक्षमार्फत सेवा प्रदान गर्दै



काठमाडौं । किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले कोभिड १९ (कोरोना भाईरस) उपचारको लागि ६० बेडको डेडिकेटेड आईसोलेशन वार्ड र २२ वेडको आईसियू कक्षमार्फत सेवा प्रदान गर्दै आईरहेको बताएको छ ।

कोभिड १९ रोकथाम तथा नियन्त्रणका सम्बन्धमा स्वास्थ तथा जनसंख्या मन्त्रालयले बेलाबखत जारी गरेको निर्देशन अस्पतालले अवलम्बन गरिरहको र उक्त भाईरस संक्रमणलाई विश्व स्वास्थ्य संगठन स्ट्याण्डर्ट प्रोटोकल बमोजिम उपचार गर्न संक्रमण सम्भावना भएदेखिनै अस्पताल निर्देशकको समन्वयमा ‘कोभिड १९ नियन्त्रण समन्वय समिति’ गठन गरी उपचार तथा रोकथाममा प्रयत्नरत रहेको अस्पतालले जानकारी दिएको छ ।

नेपाल पूर्णरुपमा लकडाउनको स्थितिमा रहेका बेला उक्त भाईरसको स्क्रिनिङका लागि अस्पतालले फेबर क्लिनिक संचालन गरी सर्बसाधरणलाई विषेश सेवा दिइरहेको समेत अस्पतालले जानकारी दिएको छ । साथै अस्पतालले सुरुमा ५ वटा बेड भएको आईसोलेशन वार्डबाट सुरु गरि हाल ६० बेडको डेडिकेटेड आईसोलेशन वार्ड र २२ वेडको आईसियू कक्षमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

केही समय देखि संचार माध्यममा यस अस्पतालले श्वासप्रश्वासको विरामीलाई भर्ना नलिएको भन्ने भ्रामात्मक समाचार प्रसारण गरेकोमा अस्पतालले आफ्नो ध्यानाकर्षण भएको भन्दै उक्त समाचाको खण्डनसमेत गरेको छ ।

समाचारसँग सम्बन्धित चितवन निवासी ६६ वर्ष उमेर भएका हरी शर्मा (नाम परिवर्तन गरिएको) श्वासप्रश्वास विरामी विगत तिन दिन देखी उपत्यकाका सरकारी तथा निजी गरी चार वटा अस्पतालहरुमा धाई रहेको र निजको कोभिड १९ परीक्षणसमेत हुन नसकेको अवस्थामा छटपटीदै यस शिक्षण अस्पतालमा १० गते मध्यरातमा सम्र्पकमा आएकोमा निजलाई भर्ना लिई उपचार गराई रहेको समेत अस्पतालले स्पष्ट पारेको छ । साथै अस्पतालले फिबर क्लिनिकका साथै अस्पतालले दिने अन्य विशेषज्ञ सेवाहरु जस्तैः प्रसूति, खोप, इमर्जेन्सि शल्यक्रिया, हेमो डायलाइसीसलगायतका सेवासमेत संचालन भईरहेको जानकारी दिएको छ ।

अस्पतालले उपचारमा खटिने चिकित्सक टोलीका लागि आवश्यक पर्ने सुरक्षाका सामग्रीहरु पिपिइ स्थानीय बजारमा उपलब्ध नभएको भन्दै स्थानीय सरकार एवं नेपाल सरकारलाई उपलब्ध गराइ दिनसमेत आग्रह गरेको छ । अस्पतालको चिकित्सक टोली कुनै पनि संकटको घडिमा कार्यगर्न तत्पर रहँदा रहँदै पनि अन्य सम्बन्धित निकायबाट सहयोग नहुँदा सेवा प्रदान गर्न कठिनाई भएको विज्ञप्तीमा उल्लेख छ ।

संक्रमणलाई नियन्त्रण गर्न अस्पतालका विशेषज्ञ चिकित्सक १२०, मेडिकल अफिसर ३५, इन्र्टन चिकित्सक ७०, नर्स १५० जना तथा अन्य प्राविधिक, प्रशासनीक कर्मचारीसहित अस्पताल परिवार प्रतिबद्धछ विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL